सुर्यतारा क्लब पोखराद्धारा आयोजित २०७६ असोज ५ गते देखि सुरु

Spread the love

ममिता बनिन् कास्की तारा २०७६
पोखरा ।
उमा माध्यमिक विध्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्ययनरत छात्रा ममिता बिक कास्की तारा बन्न सफल भएकी छन् । सुर्यतारा क्लब पोखराद्धारा आयोजित २०७६ असोज ५ गते देखि सुरु भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा प्रथम हुदै बिकले नगद रु तिस हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

सुखी नेपाली समृद्ध नेपाल निर्माणका आधार विषयक वक्तृत्वकलामाअमरसिंह माध्यमिक बिध्यालय कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी द्धित्तीय र गौरीशंकर मनिलाल मा वि कि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय भए । द्धत्तीय र तृतीयले क्रमशः बिस हजार र दश हजार सहित मेडल र प्रमाणपत्रले प्राप्त गरे ।

कास्कीमा रहेका पांच वोटे स्थानीय तहमा भिन्ना भिन्नै माध्यमिक बिध्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृस्ट तीन लाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको फाइनलमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लब पोखरा जस्तै सामाजिक संस्थाहरुले सरकारसंग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृदद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरिन् ।

बालबालिका भबिष्यका कर्णधार रहेकाले उनीहरुबाट प्राप्त बिचारले नीति निर्माण तहमा महत्वपुर्ण योगदान पुग्ने कोइरालाको भनाइ थियो । क्लबका अध्यक्ष बिष्णु पुनले कास्की तारा हुन सफल विध्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोषणा गरे ।

उनले भोलिको समाजको नेतृत्व विध्यार्थीहरुको हातमा हुने भयकाले लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन यस्ता अभियान सुरु गरिएको बताए । वेथानी वोर्डिङ्ग स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा , पोखरा महानगरपालिका वडा नं ३० अध्यक्ष श्रीराम पोखरेल , वेथानी वोर्डिङ्ग स्कुल स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारि, क्लबका सल्लाहकार मोहन सुवेदी , क्लबका सहसचिब कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए ।

प्रतियोगिताको निर्णायकको रुपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विध्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।
कार्यक्रम संयोजक शिब प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन क्लबका सचिव रामचन्द्र तिमिल्सेनाले गरेका थिए ।