लेखनाथ विभूतिमा अंग्रेजी समाचार वाचन र विदाइ

Spread the love

पोखरा । लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार अंग्रेजी भाषामा समाचार वाचन सम्पन्न भएको छ ।
बालबालिकाको पढाइ सीप बिकास समाचार वाचन निकै उपयोगी हुनेसंस्थापक प्रिन्सीपल रेखा थापाको भनाई थियो ।

विद्यालयका एकदेखी कक्षा ८ सम्मका ६० जना विद्यार्थीहरुले दुई चरणमा समाचार पढे । कक्षा ६ , ७ र ८ का तीस जना विद्यार्थीले समाचार पढ्दा कक्षा ७ की ड्यासल गुरुङ पहिलो भइन् । संगम ढकाल (७), कृपा परियार(६) र स्नेहा गुरुङ (६) क्रमशः दोस्रो,तेस्रो र सान्त्वना भएको विद्यालयका शैक्षिक संयोजक कविर खड्कीले जानकारी दिए।

यता १ देखी ५ कक्षा सम्मका ३० जनाबिच भएको प्रतिस्पर्दामा कक्षा ३ की श्रृया केसी पहिलो भइन् । कक्षा ५ का अप्सन भट्राई दोस्रो र द्धय निखिल खड्का र रक्षा पुरी तेस्रो भएको शिक्षक रामकुमारी दुराले जानकारी दिइन् ।

कक्षा १० लाई विदाइ
यसैबिच लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलबाट पाँचौ व्याचको रुपमा माध्यामिक शिक्षा परिक्षा (एसईई) २०७६ मा सामेल हुने कक्षा १० लाई कक्षा नौ का विद्यार्थीहरुले विदाइ गरेका छन् ।

विदाइ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रेखा थापा कार्कीले उज्जवल भविष्यको कामना गदै टिका र खादा लगाएर शुभकामना व्यक्त गरिन् । कार्यक्रममा विद्यालयका संस्थापक शुशिला कार्की अधिकारीले भावुक हुँदै साना बचेराहरु उड्न सफल भएको खुसी लागेको बताइन् । जँहा गए पनि गुरुहरुले देखाएको बाटो कहिल्यै नभूल्नु अधिकारीले भनिन् तिमीहरुको भविष्य अझै उज्जवल बनोस् ।

त्यसतै गरि कार्यक्रममा विद्यालयका प्रशाशक गोपाल अर्याल र शैक्षिक संयोजक कविर खड्कीले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।कक्षा नौ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयाजक शिक्षक नविन पौडेलले गरेका थिए ।