बिना खुटा छम छमी नाच्छिन गंगा रायमाझीको हृदयविदारक भिडियो!

Spread the love

गंगा रायमाझी शारीरिक रुपले अशक्त छिन्। आफ्ना दुबै खुट्टा गुमाएकी रायमाझीका सामाजिक कार्यले सबैलाई प्रेरणा मिल्ने गर्छ। उनी गाउँ-गाउँमा पुगेर उद्दार तथा अशक्त व्यक्तिहरुलाई सहयोग गर्ने गरेकी छिन् ।
गुल्मीको छापाहिलेमा जन्मिएकी गंगा लामो समय देखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी छिन्। उनले धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन प्रदान गर्न सफल समेत् भएकी छिन्।

उनी जन्मजात नै अपाङ्ग हैनन्। गंगाको अनुसार, उनको आमाले ३ महिनाको हुँदा अगेनाको चुलो अघि सुताएको कारण जलेर दुईवटा नै खुट्टा गुम्यो। उनी अहिले कुक्रिम खुट्टाको साहरा हिड्ने गर्छिन।

विगतका दिन सम्झिदै भन्छिन, ”मेरो आमालाई सबैले यस्तो अपाङ्ग छोरीलाई पढाएर केहि हुदैन भन्ने गर्दथे। म सानो हुँदा हातमा चप्पल टेकेर जाने गर्दथे।” धेरै संघर्ष गरेर उनले स्नातकसम्मको अध्धयन गरिन्। उनले मामाघरमा नै बसेर आफ्नो पढाई सकाएकी हुन्। उनका मामाघरमा उनलाई पहिले देखि नै हौसला मिल्थ्यो। ”आमालाई घरमा छोरी जलाईस भनेर हेला गरिन्थ्यो तर पछि मैले पाएको उपलब्धिले गर्दा आमा धेरै खुशी हुनहुन्थ्यो। सबैले प्रशंसा र हौसला पआएको छु आजको दिनमा।” ,उनले भनिन्।

उनी आशा अपाङ्ग केन्द्रको संस्थापक रहेर काम गरीरहेकी छिन्। आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ।

हेर्नुहोस भिडियो