लालीगुराँस बाटिकाको १४ औँ वार्षिकोत्सव

Spread the love

काठमाडौं : राजधानीको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
शुक्रबार विद्यालयकै प्राङ्गणमा विद्यालमा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको प्रमुख आत्थ्यितामा कार्यक्रम गरिएको हो।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको पहिलो दिन शुक्रबार विद्यालयको प्ले ग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरे।
साना नानीबाबुले गायत्री मन्त्रदेखि हनुमान चालिसा वाचन गरेनन् मात्रै नृत्य पनि गरेर अभिभावको मन जिते। कलिला बालबालिकाले मोबाइलको धेरै प्रयोगले मानिसमा गम्भीर असर पर्ने जस्ता सन्देशमुलक नाटक पनि प्रस्तुत गरे।

विद्यालयका प्राचार्य हरि शिवाकोटीका अनुसार विद्यार्थीलाई पुस्तकको मात्रै बोझ बोकाउने भन्दा व्यवहारिक र नैतिक शिक्षा पनि दिने उद्धेश्य लिइएको बताए ।
‘विद्यालयको त्यही उद्धेश्यको झल्को दिने गरी साना नानीबाबुले संस्कृतका श्लोकसमेत वाचन गरे, त्यही धुनमा नृत्य पनि गरे’, उनले भने, ‘किताबी ज्ञानसँगै उनीहरु नैतिक रुपमा पनि अब्बल बनुन् भन्ने हाम्रो सपना हो। सानैबाट समाज र देशका लागि केही गर्न सक्ने लक्ष्य लिन नानीबाबुलाई प्रेरित गरिरहेका छौँ।’

प्ले ग्रुपदेखि १२ कक्षासम्म पढाई हुने यो विद्यालयमा यही वर्षदेखि एसईईको परीक्षा केन्द्र पनि राखिने जानकारी जिशिअ पौडेलले कार्यक्रममा सम्बोधन गर्दै दिएका छन्।

शनिबार दोस्रो दिन कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुति दिने कार्यक्रम छ। आजको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृट विद्यार्थीलाई पुरस्कृत गरिएको छ।