श्रीकृष्णको संझनामा गोदावरी नगरपालिकामा क्यान्सर अस्पताल बन्ने: स्वेताद्धारा शिलान्यास


चर्चित नायिका, सफल ब्यबसायी एबं समाजसेवी स्वेता खड्काले आफ्नै जीवनसाथी स्व श्रीकृष्ण श्रेष्ठ र आत्मिय भिनाजुको मृत्युको कारण बनेको ‘क्यान्सर’ रोग बिरुद्ध मानसिक युद्ध लडिरहन परेको कारण आफ्ना स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको संझनामा एकान्तकुना रिङरोडदेखि ६ किमिको दूरीमा २९ रोपनी ८ आना जग्गामा फैलिएको काठमाण्डौ-हेटौंडा जोड्ने कान्ती राजपथको ६ लेनको बाटोमा गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीमा अबस्थित बिगत १० बर्षदेखि क्यान्सरको क्षेत्रमा बिशेष योगदान दिंदै आएको अस्पताल हाताभित्र आज बिहान नेशनल क्यान्सर अस्पतालको नयाँँ भवन निर्माणका लागि शिलान्यास गरेकी छिन् “अबदेखि कसैले पनि क्यानसरबाट ज्यान गुमाउनु नपरोस्” भन्ने अभिप्रायका साथ ।

यसरी आफन्तको मृत्‍यु क्यान्सरका कारण हुँदा भोग्न परेको आफ्नो जस्तो पीडा अरु नेपालीले भोग्न नपरोस भनी क्यान्सर अस्पताल खोल्न लागि पर्नेमा स्वेता खड्का दोश्रो नेपाली बन्न पुगेकी छिन् । यस अघि ब्यबसायी कर्ण शाक्यले पनि आफ्नी श्रीमती र छोरी क्यान्सरका कारण गुमाउनु परेकाले आफ्नो जस्तो पीडा अन्य नेपालीले भोग्न नपरोस भनी नेपालमा क्यान्सर अस्पताल खोल्नका लागि निकै संघर्ष गरे र अन्तत्वगत्वा प्रति खिली चुरोट बापत एक पैसा अबधारणा मार्फत नेपालमा क्यान्सर अस्पताल खोल्न सफल भए ।

विवाह गरेको महिना दिन नबित्दै श्रीमानलाई क्यान्सरका कारण जीवनभर बिछोडयाइएकी नायिका खड्काले श्रीमान जस्तै अरुले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले क्यान्सर अस्पताल निर्माण गर्न लागेकी हुन । भूकम्प पीडित माझीहरुका लागि सुबिधासम्पन्न ५२ घर निर्माणमा लागेकी नायिका स्वेता माझी बस्ती सम्पन्न नगरी फिल्म निर्माण कार्यमा नलाग्ने प्रणको समय बाँकी हुँदाहुँदै विगत ५ बर्षदेखि एउटा क्यान्सर अस्पातल खडा गर्ने धोको साँचिरहेकीमा त्यस्लाई मूर्त रुप दिन आज बिहान मात्रै त्यस्का लागि शिलान्यास गरेकी हुन ।

नेसनल क्यान्सर हस्पिटलसँग सहकार्य गर्दै क्यान्सरका बिरामीहरूको उपचारका लागि सहयोग गर्ने हिसाबले भवन निर्माण गर्ने योजना छ स्वेताको । उक्त हस्पिटल मार्फत आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका बिरामीहरूलाई विशेष सेवा पुर्याउने योजना छ उन्को । आफूले एकदमै नजिकबाट क्यान्सर पीडितहरुको छट्पट्टी र पिंडालाई नियालेकी र यो रोगबाट आफ्ना आत्मिय ब्यक्तिहरु गुमाउनु पर्दाको पिंडालाई आँफैले भोगेकीले क्यान्सर पिंडितहरुलाई ब्यवसायिक रुपमा सेवा प्रदान गर्ने धेरै अस्पतालहरु भए तापनि मानवियताको सोचलाई मुटुको एउटा कुनामा राखेर मन, बचन र कर्मले सेवा गर्ने थोरै अस्पातल भएकाले यो अस्पतालको निर्माणपस्चात् क्यान्सर पिडिंतहरुले स्वच्छ सेवा पाउने कुरामा आशाबादी छिन् स्वेता ।

जहाँ मानवियता हुन्छ त्यहाँ ब्यावसायिकता मात्र नभएर स्वच्छ सेवाको भाव हुन्छ भन्ने सोंच राख्ने नायिका स्वेता यही भावनाको कारण आज एउटा सामुदायिक अस्पतालको जग बसेको कारण अबका केही बर्षमा यो जगमा खसेको इट्टाले अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित हुनेछ भन्ने बिस्वास राख्छिन उनी ।

काठमाण्डौं छाडेर बाहिर आइसकेको कारण निमन्त्रणा प्राप्त भएर पनि आजको शिलान्यास कार्यक्रममा उपस्थित हुन नसके तापनि यो महान कार्यको सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु यो महान पुन्य कामको लागि नायिका स्वेता खड्कालाई । Be blessed all the time Shweta bahini.

श्रोत: लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज

https://www.facebook.com/Ramkshrestha/posts/2646521912247490