देश तथा बिदेश सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भएको छ । पछिल्लो समय नेपालमा पनि यसको संक्रमण बडिरहेको छ ।
विभिन्न देशहरूले पुर्ण रुपमा लकडाउन अर्थात घरबाट बाहिर ननिस्किनु भनेर घोषणा समेत गरिरहेको अवस्था छ । यशअधि धेरै बर्ष पहिले २००७ सालमा पनि यस्तै माहामारी आएको र धेरैको ज्यान समेत गएको एकजना अर्जुनधाराका एक सय पाँच बर्शिय वृद्ध मोतिखर ढकालले जानकारी दिनुभयो । अहिले त्यस्तै माहामारी आएर पुरै बिश्व नै त्रसित भएको छ । नेपालमा पनि केही दिन अगाडिदेखि पुर्ण रुपमा लकडाउन गरिएको छ ।
धेरैलाई परिक्षणमा राखिएको छ । यसैक्रममा धेरै गाउँबाट सहरमा बस्दै आएका युवाहरू पनि गाउँ अनि आफन्तसंगै पुगेका छन । कलाकार तथा संचारकर्मी समीर सुवेदी पनि गाउँमा परंरागत खेती अनि लोप हुनै लागेको रागा र गोरुद्वारा हलोले खेत जोत्नमा ब्यस्त छन । उनले सबैमाझ रागा अनि गोरुले कसरी गरिन्थ्यो त खेती अनि हामिले खाने खाना कसरी उत्पादन हुन्छ त कसरी जोत्थे पुर्खाले खेत कसरी गर्थे खेती यसको बारेमा धेरैलाई जानकारी नभएको र जानकारी हुनेले पनि सम्झिने भनेर आफैंले खेतमा रागाले जोतेर यसरी देखाएका छन तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।