पोखरामा पर्यटकको रुवाबासी, अलपत्र परेकालाई जहाजबाट यसरी उद्दार गरियो ( स्थलगत रिपोर्ट)

Spread the love

शुक्रबार पोखराको एयरपोर्टमा बिदेशी पर्यटकहरुको लामो लाईन थियो । लाकडाउनको समय भए पनि पर्यटकहरु जहाज पर्खिएर बसेका थिए । ५८ जना बोरिङ पास भएर जहाज चढ्न तयारी अवस्थामा थिए भने करिब २० जना बिमानस्थलबाहिर बसिरहेका थिए । होटलले बन्द भयो अब जानुस भनेर निकालिदियो अब हामी कहाँ जाने एक नेदरल्याण्डका पर्यटक दुखेसो पोख्दै थिए । पर्यटन कार्यालयले यहा सम्म ल्याईदियो अब भोलीको प्लाईट छ अब कसरी काठमाण्डौं पुग्ने उनको चिन्ता थियो ।
अन्नपूर्ण क्षेत्रको पदमार्गबाट फर्केका र पोखरामा रहेका ५८ जना पर्यटकलाई शुक्रबार उद्धार गरिएको हो । । लकडाउन हुनुअघि र भइसकेपछि समेत अन्नपूर्ण क्षेत्रमै रहेका पर्यटक अहिले पोखरा आइरहेका छन् । स्वीस दूतावासले अन्य देशका दूतावाससँग छलफल गरेर यति एयरलायन्स जहाज चार्टर गरी पोखराबाट पर्यटकलाई लागिएको पर्यटन प्रहरीले जानकारी दिएको छ ।