धर्तीको चिन्ता र चासो राख्ने दिन : पृथ्बी दिवस

Spread the love

रामहरि पौड्याल

आज अप्रिल २२ तारिख ५०औ पृथ्बी दिवस । धर्तीको चिन्ता र चासो राख्ने दिन । सुन्दर पृथ्बीलाई हरा भरा बनाउने प्रण गर्नु पर्ने क्षण । यसपाली औपचिरिक कुनै कार्यक्रम भएनन् कुनै धुमधाम गरिएन । अपितु धर्ति यति बिघ्न खुसि यति बिध्न सफा र सुन्दर बिगतका पचास, सय बर्षमा कहिलेइ भैनन । एकाइसौं शताब्दीको ज्ञान बिज्ञान, संचार र प्रविधिले संसार साँघुरिएको छ । मान्छेका अनुसन्धान खोज र नयाँ नयाँ आविस्कारका भोकले चंद्रधरातल पछि मंगलग्रह तर्फ़ उन्मुख भै रहंदा । बिगत तीन महिनामा सुन्दर धर्तीमा एउटा सानो भुसुनाले बिश्वोका सात अरब मान्छेलाई त्राहिमाम बनाएको छ । स्वछन्द डुली हिड्ने मानब जातिलाई आज घरको चार दिवार भित्र बन्दि बनाएको छ हप्तौं, महिनौं सम्म । संसारका शक्तिशाली भनिने अमेरिका, बेलायत, युरोप अहिले मृत्युको भयले अत्तालिएका छन् । औसधि बिज्ञान, खोप, अनुसन्धानलाई धोति लगाइदिएको छ कोरोना रुपी कलिले ।

संसार भरि लक् डाउन भैरहेकाले बिश्वोका सबै सहरहरु सफा देखिएका छन् । हिमालहरु प्रस्ट देखिएका छन् आकाश सफा र कन्चन देखिन्छ । चराहरुको चीर्बिर, स्वछ हाबाको अनुभब भएको छ । कुनै दौड धुप, धुलो धुवाँबाट सबलाई मुक्ति मिलेको छ ।यो कोरोनाको सकारात्मक पक्ष्य हो । यो बाताबरनीय परिबर्तनका असरहरुको सुक्ष्म अध्ययन गर्ने अपूर्ब अवसर समेत हो।

पृथ्बी किन रिसयिन ?

सुन्दर मानब धर्ती एकाएक किन लक् डाउन हुनु पर्यो ? बिश्वोका आधि जनसंख्या यतिखेर कोरोनाको भयले घरभित्र लुकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको बिश्वो यात्रा रोकिने कुनै क्षेक छन्द देखिदैन । यो लेख लेखि रहंदा बिश्वोका २,६०५,७७१ मान्छेहरु यो रोग बाट प्रताडित भएका छन् । १८१,४७६ मान्छेहरुले अकालमा आफ्नो अमुल्य ज्यान गुमाएका छन् भने ७१२,३२४ मान्छेहरुले यो पापी रोगलाई परास्त गरेर कालका मुखबाट फर्किएका छन् । यो रोग नया भएकाले कुनै औषधि, खोप बनि नसेकाले यसै भन्न नसकिने अबस्था छ सर्बत्र । मृत्युको भय मडारिएको यो विषम परिस्थितिमा पृथ्बीलाई मायाँ गर्न बातावरणलाई रक्षा गर्न ढिला भैसकेको संकेत मिलेको छ ।

लक् डाउनले बिश्वोका सबै सहरहरुमा ट्राफिकको चाप ३० – ७५ प्रतिसत घटेकाले बायु प्रदुषणमा कमि आएको छ । त्यसको असर बातावरणमा प्रस्ट देखिएको छ । हिजोको बढ्दो प्रदुषण, धुलो धुँवा , ट्राफिक भिड भाडका कारणहरु हामी अघोरी मान्छेहरुकै लोभ र अति मत्वाकाक्षाका दुस्परिणाम थिए भन्ने कुरा प्रमाणित भएको छ । पेरिस सम्झौताको लक्ष्यलाई भेट्न १.५ डिग्री सेल्सियस तल तापमान वृद्धि राख्ने लक्ष्य पूरा गर्न, उत्सर्जनमा आवश्यक कटौती औसतमा प्रति वर्ष ७.६ प्रतिशतले गर्नु पर्ने संयुक्त राज्य पर्यावरण कार्यक्रम २०१९को रिपोर्टमा देखाइएको छ। वैज्ञानिकहरूको अनुमान अनुसार वर्तमान लक्ष्यले विश्वव्यापी तापक्रम ३ डिग्री सेल्सियस सम्म पुर्‍याउँछ र बाढी, चक्रवात, लामो समयदेखि चर्को तापको छाल, र रेकर्ड तोड्ने वन्य आगो लगायत विश्वभरि विनाशकारी परिवर्तन ल्याउँछ।

अमेजनको जंगलमा लागेको भिषण डडेलो, अस्ट्रेलियाको बुस फाएर क्यालिफोर्नियाको जंगलमा सल्केको राँको , कतै अति गर्मि , कतै अति चीसो , कतै अनेक थरिका रोग ब्याधि, भूक्षय, बाढी, पैरो, भुकम्प, सुनामी, सेण्डि अनेक नामका ट्रोनाडोले संसार त्रसित भै रहेको छ । यी सबै पृथ्बी रिसाएकी येथेस्ट प्रमाण हुन् । धर्तीलाई मायाँ गर भन्ने संकेत हुन् । यिनै धर्तीका आबाज हरुलाई बेलैमा चिन्न र मायाँ गर्न नसक्नाले मानब जाति आज कोरोना रुपी कहरको सिकार भएको हो । बन जंगल, बनस्पति र त्यो संग अन्योंयास्रित जैविक बिभिधतालाई सम्मान गर्न नसक्नु नै आजको दिनको प्रमुख कारण हो । जंगली जनावरहरुलाई अनेक रुपमा लखेट्नु तिनको बास्थान, तिनको अबैध ब्यापार , तिनको मासु खाने अमानविय हर्कतहरु जसले यसप्रकारका महामारिहरु फैलिने गरेका येथेस्ट प्रमाण मिलेका छन् ।

सिक्नु पर्ने पाठ

बेलायतको प्रसिद्ध गर्डियन पत्रिकामा इटालीको मिलनले कोरोन पछि कार्बन उत्सर्जनको मात्रालाई कम गर्न कारको प्रयोगमा कमि ल्याउने र ३५ किमि क्षत्रमा साइकल लेन, वाकिंग लेन बनाउने निर्णय गरेको छ । यो सहरको वरिपरि लम्बार्डि क्षत्रमा कोरोना भाइरसको माहामारी फैलिएको थियो । जुन युरोपकै सबै भन्दा प्रदुषित क्षेत्र मानिन्छ । प्रदुषित क्षेत्रमा कोरोना भाइरसको प्रकोप दोब्बर हुने कुरा भर्खरैको अनुसन्धान बाट पत्ता लागेको छ

। रूखहरूले हावाबाट कार्बन डाइअक्साइड हटाएर मौसम बिग्रनको विरूद्ध लड्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। बेलायतको रुखहरु भएको क्षेत्र युरोपमा सबैभन्दा कम १% देखिन्छ । बेलायतले तुरुन्तै बृक्षा रोपणलाई दोब्बर पार्नु पर्ने देखिन्छ । कोरोनाको प्रकोपले देश लक् डाउन भएको बेलामा समेत नेपालका विभिन्न ठाउँमा बनमा डडेलो लागेका घटनाहरु आएका छन् । चोरु शिकारीहरु निर्दोष बन्य जन्तुहरुको अबैध शिकार गरि रहेको समाचार पढी रहंदा मान्छेहरुको यो निक्रिस्टताले धर्तीलाई रुवाइ रहेको छ।

अन्त्यमा,
आजको पबित्र दिनमा हामी सबैले एउटा प्रण गरौँ एउटा रुख रोप्ने, एउटा सडकको प्लास्टिक बोतल टिप्ने, एउटा दुखि मान्छेलाई सहयोग गर्ने, एउटा वाटर बट राखेर पानीलाई पुन प्रयोग गर्ने, एउटा किचन वेस्टलाई रिसाकल गर्ने किट किनेर खेर गैरहेको फोहोरलाई प्रांगारिक मलमा उपयोग गर्ने, खेर गइ रहेको बिजुली, ग्यासको अनुत्पादक उपयोगमा कमि ल्याउने, इन्धनको बचत, सावर गर्दा २ मिनेट छिटो सक्ने, बिजुलिया सामहरुलाई अँन प्लग गर्ने जस्ता स-साना कार्यको थालनी गरेर धर्तीलाई माया गर्न सकिन्छ । पृथ्बीलाई जोगाउन सकिन्छ । त्यसको लागि हामी भित्र आत्मा अनुसासनको बिकास र संसारलाई हेर्ने दृस्टी कोणमा परिबर्तन आजको टड्कारो आबस्यक्ता हो । यो नै धर्तिको साँचो पूजा हो कोरोना प्रतिको बित्रिस्णा|