(कोभिड १९) प्रजातिको एक भाइरसले अहिले विश्वलाइ नै आतंकित बनाइरहेको वेला सेवा नै धर्म हो भन्ने हेतुले नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी रुपन्देही र प्रचारप्रसार समिती ५ न प्रदेशको संयुक्त योजनामा रुपन्देहिको कोटिहवामा हरेको श्री दुर्गा संस्कृत बेदबेदांग बिद्यापिठका करिब ४५ जना विद्यार्थिहरुलाइ केही दिनको लागि खान पुग्ने रासन हस्तान्तरण गरेको छ।
कार्यक्रममा जिल्ला कमिटि अध्यक्ष निता भन्डारी , प्रचारप्रसार समिती प्रदेश ५ को अध्यक्ष सुबास बेल्बासे , सोही पिठका प्राचार्य नारायण भट्टराई , शिक्षक गजल पान्डे , समाजसेवी आयुसाको उपस्थितमा अध्ययनरत बालबाकिलाइ रासन हस्तान्तरण गरिएको थियो। यसो गर्दा तत्काल लकडाउन नखुलेपनी हामी भोक भोकै दिन कटाउन पर्ने छैन भनि बालबालिकामा खुसी छाएको थियो।
नेपाल स्वयंसेवक संघ सदैव सत्कर्मको बाटोमा लाग्नेछ जिल्ला कमिटी रुपन्देही जस्तो सुकै परिस्थितिमा पनि मानव सेवामा लाग्ने र मानवियताको उदाहरण दिने संस्थाकी अध्यक्ष भन्डारीले जानकारी गराउनु भयो। त्यस्तै विद्या पिठका प्राचार्य भट्टराईले पनि यस्तो विषम परिस्थिति लाई बुझेर गरेको यो सहयोग को सदैव मुल्यांकन र संस्थाप्रति सधै साथ रहने जानकारी गराउनु भयो , जिल्ला कमीटि अध्यक्ष निता भन्डारी र कार्यक्रम संयोजक सुबास बेल्बासेको पहलमा सम्पन्न भएको थियो।