युनेस्को सम्पदामा सुचिकृत अफ्रिका कङ्गोको उद्यानमा रेन्जरसहित १७ जनाको हत्या

Spread the love

अफ्रिकन मुलुक कङ्गोमा आक्रमणकारी द्वारा रेन्जर(वनपाल) सहित १७ जनाको हत्या भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विरुङ्गा पार्क(उद्यान)मा उक्त हत्या काण्ड भएको हो ।

यो उद्यानमा भएको सबैभन्दा घातक आक्रमण मध्ये एक हो । उक्त उद्यान अफ्रिकाको सब भन्दा पुरानो र सबैभन्दा जैविक रूपबाट विविध संरक्षित क्षेत्र मानिन्छ ।

१२ वटा उद्यान वनपाले बाहेक गोमामा भएको आक्रमणमा चालक र चार अन्य नागरिक मारिएका थिए । हाल सम्म कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैनन । नोर्ड किवु प्रान्तका गभर्नरले एक विज्ञप्तिमा उक्त कुरा जनाएका छन् ।

“अरु अन्यहरु पनि घाइते भएका छन् भने आफ्नो जीवनको लागि संघर्ष गर्दैछन्,” भनि पार्कले अर्को विज्ञप्तिमा भनेको छ । विज्ञप्तिका अनुसार आक्रमणकारीले नागरिकहरूलाई आक्रमणको स्पष्ट लक्ष्य बनाएको बताएका छन् । उक्त बयानमा भनिएको छ “सुरक्षाकर्मीहरु एक सिपाहीको गाडीलाई सहयोग गर्न आउँदा मारिए जसले आक्रमणकारीहरूले गोली हानेका थिए।”

विरुंगा युनेस्को-सूचीबद्ध उद्यान हो भने जुन ३००० वर्ग माईलमा कांगो,रुवाण्डा र युगान्डाको सिमानामा फैलिएको छ। यो पहाडी क्षेत्र गोरिल्लाहरुको एक विश्व प्रसिद्ध जनसंख्या भएको क्षेत्र हो ।

तर बढ्दो अस्थिरता र हिंसा द्वारा प्रभावित छ। सन् १९२५ मा उद्घाटन गरिएको यस पार्कमा विद्रोही समूह, मिलिशिया र शिकारहरूबाट बारम्बार आक्रमण गरेको छ।

पछिल्लो २० बर्षमा यसको १७६ जना रेन्जर(वनपाल )हरू मारिएका छन्।

श्रोत :एएफपी / इनेप्लिज