सीता भुसाल
प्रिय दिक्षा ,
आराम छौ भनेर कसरी सोधुँ, जीवनका हरेक पलहरु आँसु संगै बिताएको साक्षी म नै छु । संगै गुजारेको त्यो डरलाग्दो अधेरी रात बितेको पनि आज १४ वर्ष पुगेछ । एउटा आकस्मिक सडक दुर्घटनामा तिमीले तिम्रो जीवन साथी गुमाएकी थियौ भने मैले तिमीलाई देखेर कोरेका जीवनका सपनाहरु । १९ वर्षे कलीलो उमेरमा कसरी त्यो तितो र कहाली लाग्दो यर्थाततालाई स्वीकार ग¥यौ तिमीले अहिले सम्झीँदा पनि मेरो आङ सिरिङ्ग हुन्छ । आँखा रसाएर आउँछन् । मुटुको धड्कन बढेर आउछ । एक वर्षे छोरी शीक्षाकी आमा तिमी कसरी मृत्युको भयले ल्याएको डरलाग्दो परीक्षामा सामेल भयौ र परिस्थीतिलाई सहज बनाउने कोसीस ग¥यौ । मलाई सम्झीँदा पनि ग्लानी हुन्छ ,तिम्रो उजाड सिउँदो देख्नुपर्छ भनेर म कति डराएकी थिएँ , आफैसित भागेकी थिए ।
तिम्रो सुन्दर अनुहार समाजरुपि मूल्य मान्यताको थोत्रो आडम्वरले बेरुप बनाएको हेर्ने आँट ममा बाँकि रहेको थिएन । मृत्युलाई दोस्रो पटक नजिकबाट आत्मसात गर्दै थिएँ । साँच्चै लोभलाग्दो अनुहारको चमक कसरी एकैपटक हराएको थियो । सपनाको सुन्दर संसार कति नराम्रो पाराले एकै चोटी ढलेको थियो । तर बाच्ने आशा मान्छेवाट हराउँदो रहेनछ र त तिमी पनि बाँच्यौ र समाजसग पौँठेजरी खेल्दै अगाडी बढ्ने हिम्मत कँस्यौ । कतिले तिम्रो पछाडी के के भने, रमेशको आकास्मिक सडक दुर्घटनाको दोष पनि तिमीमाथी नै थुर्पान खोजे । एउटी महिलाले मानव भएर बाँच्नको लागि पटक पटक संघर्ष गर्नुपर्ने समाजमा तिमीले पनि केही कसुर बाँकी राखिनौ ।
जीवनका रंगीन सपनाहरु टुटेका थिए । अझ एकल महिलाको पहिचान दिन रुप रंग नै परिवर्तन गर्नुपर्ने थियो । सबै भुमिका निभाउन तयार भयौ । चुरा पोते टिका मात्र होइन जीवनका रंगीन सबै पलहरु जलाउन तयार भयौ । भर्खर किशोरीअवस्था सक्दै गरेकी कलिली केटीलाई कहाँबाट आयो त्यो हिम्मत, विश्वास र दृढता रु मलाई अनौठो लाग्छ । साथी रमेश प्रति अति नै श्रद्धाभाव थियो मेरो तर उनको मृत्युलाई जीवनभरी अंगालेर हिड्न हुँदैन, जीवनको नयाँ गोरेटो पहिल्याउनु पर्छ भन्न चाहन्थेँ तिमीलाई तर रमेश प्रतिको श्रद्धा र प्रेमको अगाडी म हारेँ र हिम्मत गर्न सकिन । धेरै पटक कोसीस गरेँ, तिमीले नया जीवनको शुरु गर्दा पनि रमेश प्रतिको प्रेम कम हुँदैन, प्रेमको परीभाषा व्यापक छ, तिम्रो खुशीमा नै उनी रमाउनेछन भनेर ।
तर हिम्मत जुटाउन सकिन । मैले पनि जीवनलाई यति नजिकबाट कहाँ बुझेकी थिएँ र रु रुद्रावती र कालीगण्डकीको तीरमा परम्परागत धार्मिक मूल्य मान्यता अंगालेर हुर्केकी तिमी सबै दोष आफ्नै शीरमा बोकेर बेरुप, बेरंग जिन्दगी जबरजस्त जीउन खौज्यौ । रमेश प्रतिको तिम्रो निष्ठा र प्रेमलाई म अहिले पनि उत्तिकै सम्मान गर्दछु । सँगै जीवन जीउने बाचा गरेकाहरुलाई मनबाट निकाल्न कहाँ सजिलो छ ररु तर सबै सामाजिक मूल्य मान्यता हामी छोरीहरु माथि मात्र किन लादिएका छन् भन्ने मात्र मेरो प्रश्न हो ।
प्रेम, विवाह र यौन प्रतिको मेरो बुझाई फरक छ । जसरी बुझे पनि मानव जीवनमा ती सबैको भुमिका अपरिहार्य छ । यौन जीवनलाई औपचारिकता प्रदान गर्न विवाहको माध्यम अपनाउन पर्ने हाम्रो जस्तो समाजमा धेरैको जीवन नीरस हुन पुग्दछ । मन पर्ने रंग प्रयोग गर्न समेत प्रतिबन्ध लगाउने हाम्रो समाज तिमीले देख्ने रंगीन सपना प्रति कति कठोर बन्ला सहजै अनुमान गर्न सकिन्छ ।
एकल महिला समुहले हालचालै शुरुवात गरेको रातो टिका अभियानलाई सामाजिक सञ्जालहरुमा धेरैपटक सेयर, कमेन्ट र लाइक गरेँ । जीवनलाई रंगनि बनाऊ भनेर स्टाटस पनि अपडेट गरेँ । सबैको सकारात्मक कमेन्ट आएको देखेर धेरै खुशी भएकी छु । हाम्रो समाज थोरै भएपनि बदलिँदै रहेछ । महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै रहेछ । यो हामी सबैका लागि शुभ संकेत हो ।
रङ प्रतिको तिम्रो धारण पनि थोरै बदलिएको छ । गुलाबी सारीमा फेसबुकमा देखिन थालेकी छौ । जस्ले म भित्र केही आशा पलाएको छ । तिम्रो मनपर्ने रङ लगाउने अधिकार कुनै नियम कानुन र थोत्रा सामाजिक मान्यताले प्रतिबन्ध लगाउन सक्दैन । खुलेर प्रयोग गर ।
प्रिय, रमेशको अमुल्य उपहारको रुपमा शिक्षालाई हुर्कायौ । छोरी पनि ठुली भईसकिन । बाबाको दुरुस्त अनुहार छ । कम्पयुटरको भाषमा भनँु भने कपी पेष्ट जस्तै । यो वर्ष एसएलसी दिँदैछिन । एकल आमाको लागि यो भन्दा खुसीको क्षण के होला र रु तर उमेरसँगै छोरीको स्वभावमा आएको परिवर्तनले तिमीलाई चिन्तीत बनाएको मैले बुझेकी छु । अघिल्लो भेटमा भनेकी पनि थिएँ, यो स्वभाविक परिवर्तन हो । टिनएजर छोरीले साथीहरुको साथमा रमाउन खोज्नु कुनै नौलो विषय होइन । तर तिमी डराएकी छौ किनभने तिम्रा अधुरा सपनहरु छोरीमार्फत पुरा भएको हेर्न चाहन्छ्यौ । उसलाई सफल र योग्य बाउन चाहान्छ्यौ । शिक्षा सफल हने कुरामा शंका छैन, तर तिम्रा सपनाहरुमा होइन । उसको सपना, चाहाना र संकल्पमा हो । जिन्दगी उसको हो हामी त खाली सहयोगी मात्र हौँ ।
साहित्यकार अमर न्यौपानेको उपन्यास सेतो धरती पढदा धेरै पटक तिमीलाई सम्झेर रोएँ । उनका पात्रहरुमा तिमिलाई भेटेँ । अभाव र अप्ठेराभित्र पनि मान्छेका सपना र चाहानाहरु मर्दा रहेनछन भन्ने पात्रका माध्यमबाट अनुभुत गरेँ । तिमीलाई पढ्न सुझाव पनि दिएकी थिएँ । तर तिम्रो मन सारै कठोर छ । कसैगरे पनि नपग्लने । हिसाव गर्दा तिमी भर्खर ३३ वर्ष पुगेकी छौ । सिङ्गो जिन्दगी बाकी छ । छोरी शिक्षा कजेल पढन बाहिर गएपछि तिम्रो जीवन थप निरस हुनेछ । धेरै एकल महिलाहरुको अनुभव मैले सुनेकी छु, उमेर ढल्कदै जाँदा अझ एक्लो महशुस गरेकी भेटेकी छु । त्यसैले मेरो अनुरोध छ जीवन प्रतिको धारणा परिवर्तन गर, पाप र धर्म प्रतिको बुझाईलाई परिवर्तन गर, श्रद्धा र प्रेम प्रतिको परिभाषालाई परिवर्तन गर ।
तिमीले श्रद्धापुर्वक दैनिक ढोगेका भगवान पनि तिम्रो निरश जिन्दगी देखेर पटक्कै खुशी छैनन । धेरै पटक रमेशले सपनामा तिम्रो उजाड जिन्दगी प्रति दुःख व्यक्त गरेका छन । आँसु चुहाएका छन । तिमीले श्रद्धा र प्रेम गरेका दुवैजना तिम्रो कठोर निर्णय प्रति खुसी छैनन्, नढाँटी भनँु भने तिमी पनि छैनौ । त्यसैले जीवनलाई रंगीन बनाउ, संभावनाका बाटाहरु पहिल्याउ, आपैmसित नढाँट, छोटो जीवन खुशीमा रोमलेर बिताँउ । प्रेम दिवसको सप्ताहमा धेरै धरै शुभकामना तिमीलाई ।
उही तिम्रो साथी
आशा
(लेखीका सीता भुसाल हुन् – नारी खबर बाट साभार )