ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि

Spread the love

दङ्गै भैयाे मख्खै भैयाे देख्दा भाँडा भरि
रै छ अाखिर मिस्सिएकाे काेदाे सङ्गै ताेरी!

उस्तै उत्रै भए पनि अाखिर हुन नि भिन्न
एकै ठाँउमा मिस्सिएसि गार्हाे हुनि चिन्न!

नराम्ररी मिस्सीएछ नसकिन्छ चाल्न
न सकिन्छ बेग्लै पारि निफनेर फाल्न!

झुक्किएर मिस्सियाे कि ;हाे याे जानाजानि?
ताेरी माथि पाेख्खियाे कि ;हुँदा ताना तानि?

खाेजे कि खै रित्ताे भाँडाे जसरि नि भर्न
त्यहि भएर तम्सिए कि जसाे पनि गर्न!

कुन अर्थले कुन स्वार्थले माेले हाेलान किन?
कस्का अाँखा छाराे हालि कुन चाँहि फाइदा लिन?

पिस्ने हाे कि पेल्ने यस्लाइ गर्ने कसाे अब ?
फालाै पनि कसाे गरि भा काे खेति सब!

एउटा चाँहि अल्लि चाम्राे अर्काे प्याट्टै फुट्नि
साेहाेरेर पिंडाे पार्याे मुठि भित्रै टुट्नि

ढुङ्गे काेलले नसकेर यस्ताे मिश्रण झेल्न
देशी काेलमा हाल्दा पनि सकिएन पेल्न!

ल्याच्च पर्याे ताेरी जति, काेदाे पर्याे पिठाे
खसेन नि तेलकाे धाराे झर्याे मात्र लिटाे!

पिना पनि अाँउदाे रैन्छ तेलकाे के काे अाश
काेदाे ताेरी कुरै छाड्दिउ मिल नि सत्यानाश!

न त झर्याे तेलकाे थाेपाे न त झर्याे पिना
के बनाउन माेले हाेलान यस्ताे अर्थ बिना!

नअाए नि तेलकाे थाेपाे मनखत लाउनि फाल्न
बन्छ कि त पिठाे भन्दै लग्दा अाेइराे हाल्न

ब्यर्थैका ति पाप्रा झरे के काे पिठाे अाउनु
पेल्दा पिस्दा अाएन केहि अब कता धाउनु

भित्र सबै टाँस्सिएर घुम्नै छाड्याे जाँताे
ठाेक्दा ठाेक्दै फुट्याे बरु जाँताे पेल्नि हाँताे!

न त पिठाे न त तेल अाश भएन अरु
रक्सि सम्म बनथ्याे कि खै मर्चा माेले बरु!