स्कटनेपाल काठमाडौँ।
लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएकी र सामाजिक काममा पनि नीकै सकृय भएर लागीरहेकी नेपाली चेली ज्वाला सँङ्ग्रौला लाई नचिन्ने सायदै कमै होलान्। जन्मभूमि नेपाल भएपनि जापानलाई कर्मभूमि बनाउँदै आएकी ज्वालाले बिगत लामो समयदेखि नै दुःख पिडामा परेका नेपाली हरुको दुखेको घाऊमा मलम पट्टी लगाउँदै आएकी छन्।
नेपालमा भईपरी आउने प्राकृतिक विपत्ति होस् या त बिहान बेलुका छाक टार्न नसकेर गरीबीको चपेटामा पिल्सिएका बिपन्न परीवार होस् उनले प्रवासबाटै अभियान चलाएर धेरैको उद्दार गरेकी छन्।पछिल्लो समयमा रवि लामिछानेको राष्कोट अस्पताल निर्माणमा,धुर्मुस सुन्तली फाउण्डेशनको अभियानमा बन्नँ लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा, डाक्टर महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र लगायतका बिभिन्न सामाजिक अभियान्ताहरुले चालेका कदममा उनले आफ्नै पहलमा अभियान चलाएर सहयोग गर्दै आईरहेकी छिन्।
अन्याय र अत्याचारका विरुद्धमा खरो रुपमा कलम चलाउँदै आएकी ज्वालाको चर्चा अहिले दिन् प्रतिदिन चुलिँदै गईरहेको छ, उनले गरेका यी उदाहरणीय कामको सम्मान गर्दै स्कटनेपाल का प्रस्तोता तथा लोक दोहोरी गायक निलमणी भण्डारीले पनि ज्वालाका बारेमा गीत बनाएर गाएका छन्। एक नेपाली चेलीको उदाहरणीय कार्यको सम्मान गर्दै गाईएको यो गीत तपाईं हरुलाई पनि मन् पर्यो भने अवश्य एक शेयर गरिदिनुहोला, तपाईंको एक शेयरले यी चेलीलाई अवश्य पनि ऊर्जा र हौसला मिल्नेछ।
हेरौ भिडियो :