मे दिवससंग जोडिएको मजदुर आन्दोलन

Spread the love

कल्पना पौडेल “जिज्ञासु”
मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आइरहेको थियौं यस वर्षको १३१ औ मे दिवस कोरोना कहरको महामारीसंग जुध्दै आइरहेका सम्पूर्ण मानवहरु त्रास पूर्ण जीवन बाचिरहेका छन् । यो कोभिड १९ भाईरसको आक्रमणलाइ परास्त गर्न सफल नभएको खण्डमा सायद मनाउन सकिने अवस्था पनि छैन ।
श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरूद्धमा मजदुरहरूले गरेको आन्दोलनको स्मरण स्वरूप मे दिवश मनाउँदै आउने गरिएको छ। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनैतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो महत्व रहेको छ।

सन १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन गर्ने मान्यतामा स्थापना गराएको थियो । ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछी सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए। मजदुरको माँग पुरा नगर्ने निर्णय तत्कालिन अमेरिकि सरकारको थियो ।

आन्दोलन २ दिनसम्म शान्ती पूर्ण भएतापनि तेस्रो दिनको प्रदर्शन आन्दोलन माथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो । ६ मजदुरहरूले त्यहाँ शाहदत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लागयतलाई मृत्युदन्ड दिइएको थियो।

त्यो, गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो। २० अगष्ट १८६६ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियनु भन्ने एक सङ्गठनले निर्माण गरेका थिए।

आजको मजदुर आन्दोलनमा मे १ को ठुलो ऐतिहसिक महत्वराखेको छ । मजदुरहरुको त्यो अन्तराष्ट्रिय महत्वपूर्ण संगठनको नेतृत्व एक प्रतिभाषाली मजदुर नेता एचु सिल्विसले गरेका थिए। उनले अन्तराष्ट्रिय नेताहरु सँग बारम्बार पत्र व्यबहार गर्ने गर्दथे। सन १८६७ सालको अधिवेशनले अन्तराष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो।

सन १८६९ सालमा लेवर युनियनले प्रथम अन्तरराष्ट्रिय निमन्त्रण लाई स्विकार गरी जरनल काउन्सिलमा एक जना प्रतिनिधि पठाउने निर्णय गरेको बेला यसै बिच मजदुर आन्दोलनका महान नेता एचु सिल्विसको दुस्खद पूर्ण निधन भएको थियो। त्यसैले एसीु केमरानलाई अन्तराष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो ।

उहाँ सिकागोबाट प्रकासित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्रिकाका सम्पादक हुनुहुन्थ्यो । एच सिल्विसको मृत्‍यु पछी लेवर युनियनमा खराब ब्यक्तिको प्रबेशले बद्नाम हुँदै बिधटन हुन पुग्यो।

नेपालमा वि स २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन शुरू भएको थियो। नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएता पनि देशमा चल्ने गरेका राजनैतीक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् र पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनिभूत गर्न अहिलेसम्म पनि पाएका छैनन् ।

काम गर्ने समयलाई सुनिस्चित गरेर जब सम्म कानूनी रुपमा बाधिदैन तवसम्म मजदुर बर्गको खुशी र स्वतन्त्रताको लागि गरिने सबै संघर्षको प्रयास निरर्थक हुनेछनू भनेर सन १९६६ साल सेप्टेम्बर मा जेनेभामा सम्पन्न भएको प्रथम अन्तरराष्ट्रिय कांग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने स नेसनल लेवर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्सले पनि जोडले समर्थन जनाएका थिए। सन १९६७ सालमा प्रकाशन भएको पुजिको प्रथम खन्डमा मार्क्सले निग्रो र गोरा मजदुरहरुको वर्गहकहितको कुरा उठाएका छन।

मार्क्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाधिन मार्क्सले जोड दिएको पाईन्छ। पूंजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन । यसै बिच सन् १८८६ को मजदुर आन्दोलन ताक विश्व सर्वहारावर्गका महान् नेता कार्ल मार्क्सको निधन भयो।

मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने अझै आवश्यकता देखिन्छ । मजदुरवर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो। यही शक्तिको दुरूपयोग गर्दै विभिन्न अवसरवादी संगठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन्। मजदुरहरूको मुक्ति अभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी संगठनहरू क्रियाशील रहेका छन् ।

देश गम्भीर संकटमा फसिरहेको वर्तमान अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नु पर्ने बेला आएको छ। कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ।

बिभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ। त्यसो त विश्वकै मजदुर आन्दोलन त्यती शक्तिशाली छैन। विभिन्न अवसरवादी संगठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एकाबद्ध हुनु जरूरी र आबस्यकता देखिन्छ।

‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन, आठ घन्टा आराम’को माग गर्दै शुरु भएको श्रमिक आन्दोलन आज पनि अधिकार प्राप्तिका लागि सङ्घर्षकै चरणमा रहेको छ । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानूनमा गरिएको व्यवस्थाको परिपालनाका लागि श्रमिकले सङ्घर्ष गर्दै आएका छन् ।

नेपालमा पनि सरकारले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको छ भने श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरी १३ हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

श्रमिकले न्यूनतम पारिश्रमिक प्राप्त गर्ने आधार सुनिश्चित गर्न सरकारले बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था गरेको छ सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले अब उप्रान्त औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् ।

यही एक वर्षको अवधिमा संविधानले निर्दिष्ट गरेका मौलिक हकको सुनिश्चितताका लागि विभिन्न श्रमिकपक्षीय ऐन, कानून, नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि निर्माण भई कार्यान्वयनमा ल्याइएको छ । सरकारले जारी गरेका यी कानूनी व्यवस्था ब्यबहारमा उतारियोस र असल श्रम सम्बन्ध र श्रमिकका जीवनमा ठोस आधारको सिर्जना होस् ।

अन्त्यमा सम्पूर्ण श्रमजीवी बर्गहरुमा श्रमिक दिवसको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
गैडाकोट, नवलपरासी हालः काठमाडौं ।