मेरो मातृ भुमि संगै मेरी प्यारी आमा टाढैबाट सम्झना,खोइ कसरी सुरु गरौ लेख्दै गर्दा हात कापिरहेको छ,मन सम्हालिएको छैन।कुनै दिन सपनाको सहर लाग्ने यो ठाउँ अहिले हामी नेपालीको लागि बोझ भएको छ।आफ्नै देशमा मर्ने रहर पनि पुरा न होला जस्तो छ ।
वारिपारी लासको थुप्रो संगै कोरोनाको सङ्क्रमित बिरामीहरु देखिरहदा मनले म ठिक छु भन्न सकेको छैन तर आमा मैले एहिबाट भन्न बाध्य छु अहिले सम्म ठिक छु त्यहा नेपालको अबस्था सुन्दा झन डर पलाएको छ मनमा।दैनिक कोरोनाको संक्रमित बढ्दै गर्दा यहाको कानुन र ब्यबस्थापन ले खोइ आफु सुरक्षित रहने केहि पनि उपाए देखिन्न अबत लाग्न थालिसक्यो कि हावामा पनि कोरोना छ। पढेर आफ्नै देशमा केहि गर्ने ठुलो सपना बोकेर आएको म खोइ कसरी पुरा गर्न सकुला र सपना।
बाँकी यो भिडियोमा :