युरोप अमेरिका र छिमेकी देश भारतमा पनि अनलाइन फार्मेशी निकै पहिलेदेखिनै चलीरहेका छन् । नेपालमा पनि १०००० भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु लिएर नेपमेड्स नेपाली बजारमा आएको छ । मोबाइलबाट प्रेस्क्रिसनको फोटो पठाउँने बित्तिकै सजिलै घरघरमा औषधि पुर्याउने काम नेपमेड्सले गरीरहेको छ ।
नेपमेड्स (NepMeds) नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भै करीब १०००० हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २०,००० भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । प्ले स्टोर (Android play store) बाट सजिलै नेपमेड्स (NepMeds) को डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट www.nepmeds.com.np बाट लिन सकिन्छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामिको लागि त नेपमेड्स बरदान स्वरुपभएको छ ।
यस्ता खालका बिरमीलाई एकपटक औषधि अर्डर गरिसकेपछि औषधि सकिनु भन्दापहिलेनै एपले जानकारी गराउँदछ साथै कम्पनिका प्रतिनिधिहरुले समेत फोन गरी जानकारी गराइदिन्छन । नेपमेड्स (NepMeds) मा औषधि अर्डरगर्नका लागि फेसबुक, इन्स्टा, टुइटर र भाइबरमा पनि सम्पर्क गर्न सकिन्छ । प्रतिनिधिहरु अर्डर आएपछि तुरुन्त सेवाप्रदान गर्न कटिवद्ध छन् ।
हाललाई काठमाडौं र भरतपुरमा सेवा सुरुगरेको नेपमेड्स (NepMeds) ले चाडै पोखरा, बुटवल र विरगन्जमा पनि शाखा बिस्तारको लागि परेको छ । खरीद गरेको औषधि तथा अन्य औषधिजन्य सामाग्रीको भुक्तानी डेबिट क्रेडिट कार्ड, खल्ती, इसेवा, प्रभुपे, आई एमई पे वा इ-बैकिङ्ख जस्ता अनलाइन प्रविधिबाट पनि सकिन्छ ।
हालकम्पनिले १०% देखि २५% सम्म छुट दिइरहेको छ । कम्पनिले निकट भविष्यमा आफ्नो एप्समा अनलाइन डाक्टर कन्सलटेन्सी, ल्याब सेवा, खोप सेवापनि संचालन गर्ने जनाएको छ ।
नेपमेड्स (NepMeds) ले यसरी दिन्छ सेवा
यसले बिरामीलाई स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवा आफ्नाे वेबसाइट तथा एपमार्फत उपलब्ध गराउँछ । विभिन्न सेवाहरूमा छुटको व्यवस्था पनि गरिएको छ । आमउपभोक्ताले सुलभ मूल्यमा स्वास्थ्य सेवा घरमै बसीबसी प्राप्त गर्न सकून् भन्ने नै नेपमेड्सको प्रमुख उद्देश्य हो ।
नेपमेड्सबाट सामान अर्डर गर्दा पाइने सुविधा
नेपमेड्स नेपालकै हेल्थ सेक्टरको ठूलो वेब पोर्टल हो, जहाँ १० हजारभन्दा बढी औषधि र स्वास्थ्य सामग्री र त्यसको विवरण राखिएको छ । त्यसैले ग्राहकले विभिन्न वस्तु तथा सेवाहरू तुलना गर्न तथा यससम्बन्धी जानकारी लिन सक्छन् ।
साथै, नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा पहिलो अर्डरमा १२ प्रतिशतको छुट प्रदान गर्दै आएको छ भने त्यसपछिको पुनः खरिदमा १० प्रतिशतको छुट दिइन्छ ।
यसैगरी, अन्य स्वास्थ्य सामग्री खरिद गर्दा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । बैंक, वालेट्स तथा अन्य पेमेन्ट पार्टनरसँग सहकार्य गरी बेलाबेलामा अतिरिक्त छुट समेत दिँदै आएको छ ।
कसरी हुन्छ भुक्तानी ?
नेपमेड्सले विभिन्न बैंक तथा वित्तीय कारोबार गर्ने संस्थासँगको सहकार्यमा आफ्ना ग्राहकहरूलाई भुक्तानीका लागि विभिन्न विकल्प दिएको छ । ग्राहकहरूले अनलाइन बैंकिङ, क्रेडिट, डेबिट कार्ड तथा विभिन्न वालेट्स जस्तै ई–सेवा, खल्ती, आईएमई पेलगायतका प्लेटफर्म प्रयोग गरेर सामान डेलिभरी गर्दा नगद दिएर पनि रकम भुक्तानी गर्न सक्छन् ।
विदेशबाट यसरी खरिद गर्न सकिन्छ
एप वा वेबसाइटबाट विदेशमा रहेकाहरूले पनि सामानहरू खरिद गर्न सक्छन् । भिसा कार्ड, मास्टर कार्ड, युनियनपे, अमेरिकन एक्स्प्रेस आदिबाट रकम भुक्तानी गर्न सकिन्छ । सामानको डेलिभरी भने नेपालभित्र मात्र छ ।
औषधि किन्दा डाक्टरको पुर्जा चाहिन्छ ?
काउन्टरबाट बिक्री गर्न पाइने औषधिबाहेकका लागि डाक्टरको पुर्जा अनिवार्य गरिएको छ । नेपमेड्समा एप वा वेबसाइटबाट फोटो खिचेर प्रेस्क्रिप्सन सजिलै अपलोड गर्न सकिन्छ । त्यसरी अपलोड गरिएको प्रेस्क्रिप्सन नेपमेड्सको फर्मासिस्टले भेरीफाई गर्छन्, अर्डर कन्फर्मेसनका लागि सेवाग्राहीलाई कल ब्याक गर्छन् र खाने तरिकालगायतको इन्स्ट्रक्सनसहित प्रत्येक औषधि छुट्टाछुट्टै प्याकिङ गरी ग्राहकले मगाएको स्थानमा डेलिभरि गरिन्छ । नर्कोटिक औषधि लिन भने ग्राहकले आफ्नो सक्कली प्रेस्किप्सनसहित र्फामेसीमै सम्पर्क गर्नुपर्ने हुन्छ ।