तेजन खड्का
मोरङ । रतुवामाइ सिक्किमे टोलका एकै घरमा ५ जना अपाङ्गता छोराछोरी भएको परिवारले लकडाउनको समयमा कसैबाट राहत पाउन सकेका छैनन, दिन दुखी असाहय र अपांगता परिवारले अन्यत्र राहत पाएको भएपनी तुलसिराम र सृजना ढुङ्गानाको परिवार राहत बारे भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्था र सरोकारबाले भने उनिहरुले भोग्नुपरेको दुःखमा भने यो बेला मलम लगाउन चासो दिएको छैन ।
आफुहरुको जस्तो समस्यामा परेकाले अन्यत्र सहयोग पाएको सुन्दा आफु हरु छुटेकोमा आलो घाउमा नुनचुक छर्केजस्तै पीडा भएको छ । तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गनाका पाँचजना अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनुपरेको छैन ।
शारीरिकरुपमा अपाङ्ग भएकाहरु ३९ वर्षीय निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीय पार्वता र २२ वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परेको हो । जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामन्य नहुने बुझिएसको थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङ्गना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्तिको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा वित्छ । यी दम्पत्ति ५ जना छोराछोरीका गोठालोसरह भएका छन् ।
शारीरिक तथा मानसिकरुपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताउनुभयो ।
‘५ जना अपाङ्ग छोरा छोरी स्याहारका साथै र श्रीमान समेत बिरामि परेर थलिएका छन’, आमा सृजनाले भावुक हुदै भन्नुभयो, ‘अहिले काही जान नि पाएका छैनौ, खानका लागी समस्या सुरु भयो । छोराछोरी स्यहार्दै दिन वित्ने भएकाले राहतको लागी कोहि आइदिए भगवान सम्झिने ढुङ्गाना परिवारको भनाइ छ ।
अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना पनि आफैंमा स्वस्थ छैजन् । ‘शरीरमा बल हराइसकेको छ, म चिनी र क्षयरोगबाट पीडित छु’, तुलसीरामले भन्नुभयो, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।’
पहिले सहयोग आउथियो, अहिले कोरोनाले समस्या छ ।
पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् ।
‘एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, तुलसीरामले भन्नुभयो, ‘पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैब ।’