कमला घिमिरे अर्घाखाची,
कोरोना भाइरस अझै फैलन सक्ने गत चैत्र २२ गते मङगलवार देखि लकडाउन गरेपछि उद्योग व्यापार व्यवसाय लगायतका सम्पूर्ण कामकाज आवतजावत ठप्प भएको छ। कोरोना भाइरसको सडक्रमण हरेक दिन बढ्दो छ चिन को हुवेइ प्रन्त बाट सुरु भएको कोरोनाको सङक्रमण विभिन्न राष्ट्मा फैलिसकेको छ विश्व समुदायले निकै चासोका साथ नियालिरहेको कोरोना भाइरस को विषयमा अहिले विभिन्न वहस तथा अनुसन्धान भइरहेको छ ।
हाल सम्म कोरोना भाइरस को रोकथाम र उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना सङक्रमित व्याक्तिको उपचार अहिले लक्ष्यणको आधारमा गरिरहेका छन् ।जुन क्लिनिक परिक्षण मार्फत भइरहेको छ।विश्व स्वास्थ्य सङ्गठनले यसको लागि भइरहेका विभिन्न अध्यन र विकास लाई समर्थन गरेको छ। यस्तो अवस्थामा चरम सङ्कट आउने चुनौति सामना गर्ने र साथै सुरुको चरणमा सकभर समुदायमा रोग फैलन बाट रोक्न र महामारी सड़कट काबु बाहिर नजाओस भनेर व्यवस्थापन र सडक्रमित बिरामीको उपचार गर्ने लकडाउन गरिएको हो साथै सडक्रमित भइसकेका र उसका सम्पर्कमा आएका व्याक्तिहरु लाई पनि वेलेमा जाँचपड्ताल गर्न र सोहि अनुसार निदान गर्नु लकडाउनको उदेश्य हो यो समय लंकडाउन पछिको चरणको व्यापक तयारी र योजना बनाउने समय पनि हो लकडाउनलाइ कसरी व्यवस्थित खोल्दै लेजाने भन्ने एउटा पाटो हो ।
अर्को लकडाउनको समयमा धेरै काम धेरै योजना धेरै सेवा प्रवाह प्रभावित हुने हुदा लकडाउन खुलेपछि हुनसक्ने भिडभाड चुनौतिपुर्ण हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ। कोरोना भाइरस (कोभिड१९)प्रभावित बेरोजगारी समस्या विभिन्न व्यापार व्यवसायमा आएका आएका समस्या को लेखाजोखा र उचित सम्बोधन गर्ने बेला पनि हो साथै लकडाउनले गर्दा दैनिक ज्याला मजदुरि गरेर छाक टान्ने मजदुरहरु निके समस्यामा परेका छन् ।ती मजदुरहरु ले रोग ले भन्दा पनि भोकले नै मरिन्छ कि भन्ने त्रास व्याक्त गरिरहेको देखिएको छ सरकारले वितरण गरेको दुई चार किलो दाल चामलले कति दिन छाक टार्ने भन्ने गुनासों श्रमिकहरु ले गुज्जाइरहेका छन् ।
मजदुरहरू लाई दैनिक रुपमम खाद्यान्न को सङ्कटको कारण भाकभोकै रहनुपर्ने अवरथा खडा भएको छ न त ती मजदुरु लाई थाक थलो तिर जान सक्ने वातावरण बनेको छ न त काम गर्ने अवस्था नै सिर्जना भएको छ कतिपय मजदुरहरु पैदल यात्रा मरेर आफ्नो निवास फर्कने क्रममा ज्यान पनि गुमाइरहेको ताजा घटनाहरु यधावत नै छन्। कोरोनाको त्रासले आम मानिस घर भित्र छन् तर ती मजदुरहरु भने रोगको त्रास भन्दा पनि बिहान बेलुका को जोहो कसरी हुन्छ भन्ने चिन्तामा परेका छन् काम काज बन्ध भएको एक महिना बितिसक्यो अझै कति बन्द हुने हो सङ्क्रमण को समाप्ति कहिले हुने हो थाहा छैन आज सम्म त विहान पकाए पछि बेलुका का लागि समेत त्यहि खाना पुर्याएर खानेगरेका छौँ भन्ने जस्ता गुनासा हरु स्थानीय स्थरमा रहेका मजदुरहरु बाट सुन्ने गरिएको छ। यसको समधान को लागि प्रत्येक ठाउँमा स्थानीय निकायहरू को ध्यानाकर्षण होस्।
यो समय भनेको गम्भीर रुपमा तयारी गर्ने बेला हो संयोगले तयारी को लागि यतिको समय र लकडाउनको समय पनि जोड्दा तयारी को लागि समय नभएको गुनासो गर्ने ठाउँ पनि छैन । निश्चय पनि सारा विश्वले भोगिरहेको समस्या र चुनौति हो यो नौलो समस्या पनि हो त्यसैले यो भाइरस र रोगका बारेमा तैपनि बाँकी विश्वबाट धेरै देख्न सिक्न र हाम्रो परिस्थिति अनुसारको निर्णय गरेर लागू गर्न हामीलाई जस्को भरपुर सदुपयोग हुनु जरुरी छ।