प्रेश बिज्ञप्ति
कोरोना संक्रमणको त्रास झाँगिदै गर्दा असहाय बाछाबाछी संरक्षणको एकबर्ष पुरा भएको छ । स्वयंसेवी तवरमा संचालित यस अभियान अन्तर्गत सडकमा अलपत्र परेका गौप्राणीहरुलाई संकलन गर्दै उनीहरुका लागि सुरक्षित आश्रय स्थल र खानपिनको उचित ब्यवस्था मिलाईएको छ । दुर्घटनामा परेका र बिभिन्न कारणले जीर्ण बन्दै गरेका असहाय बाछाबाछीलाई संकलन गर्दै उनीहरुको उचित उपचार र स्याहार गरिने गरिन्छ । २०७६ जेठ १ गते ४ जना बाछाहरुबाट शुरु भएको यो स्वयंसेवी अभियान अन्तर्गत हाल २०० भन्दा ज्यादा असहाय बाछाबाछीले नवजीबन पाईरहेका छन ।
समाज भौतिकबादतर्फ उन्मुख हुँदैगर्दा आफ्नै बाबु आमालाई बृद्धाश्रममा राख्नसक्ने कठोर मन भएका मान्छेहरु यत्रतत्र देखिईरहेको बखत अत्यन्तै सिधा र इमान्दार प्राणीका रुपमा चर्चित गौप्राणीमाथीको क्रुरताले सीमा नाघ्दै गरेको छ । गाईले केटी जन्माउँदा स्याहार गरेर राख्ने तर केटा जन्माउँदा त्यसलाई जन्मेको केही दिनमै बेवारिसे अवस्थामा छाडिदिने प्रबृत्ती निरन्तर बढ्दो अवस्थामा छ । जन्मेको १५ दिनपनि नपुगेका कतिपय बाछाहरु सडक र नदी किनारमा देखिनु यस्को ज्वलन्त उदाहरण पनि हो । यस बखत उपत्यकाभित्र ३००० को संख्यामा सडकमा अलपत्र रुपमा भौंतारिई रहेका असहाय बाछाबाछी रहेको तथ्याँक हामीसंग छ ।
सडकमा अलपत्र बाछाबाछीहरु बिभिन्न कारणले असुरक्षित र दयनीय अवस्थामा रुमलिन बाध्य हुन्छन र उनीहरुले अत्यन्तै कठिन मृत्युवरण गरिरहेका हुन्छन ।
१. सानो उमेरमा छाडिएका बाछाबाछीहरु आफ्नी आमाको खोजीमा निरन्तर २÷३ दिनसम्म केही नखाईकन बाँ….बाँ… गर्दै कराउँछन । कतिपयको कराउँदा कराउँदै कमजोर भएर मृत्यु हुने गर्दछ ।
२. यस्ता असहाय बाछाबाछीहरु निरन्तर सिकारु कुकुरहरुको निशानामा पर्ने गर्दछन । कमजोर र साना आकारका यस्ता प्राणीलाई शिकारी कुकुरले घेराबन्दी गर्दै टोकि टोकि मार्ने गर्दछन । यतिसम्म हुन्छ की अगाडी बाँ बाँ गर्दै कराउँदै गरेको बाछाबाछीको पहाडीको भाग कुकुरले खाईरहेको हुन्छ ।
३. सडक दुर्घटनाका कारण अत्यधिक गा्रप्राणीहरु मारिने गरिएका छन । तातोको खोजीमा बीच सडकमा बस्न त्यस्ता बाछाबाछी मन पराउँदछन । यसरी दैनिक आधा दर्जन बाछाबाछीहरु उपत्यकाभित्र सडक दुर्घटनामा मारिने गरिएका छन ।
४. घरबाट निकालिएका बाछाबाछीहरु उचित आहारको कमिले जीर्ण र रोगी बन्दैजाने तथा नाम्ले÷जुकाले जीर्ण बनेर उपचारको अभावमा मर्ने गर्दछन । साथै जाडो मौसम तथा बर्षादको समयमा खुल्ला आकाशमा बस्नुपर्ने कारणले समेत उनीहरु न्युमोनिया जस्ता रोगले ग्रस्त भएर मर्ने गर्दछन ।
५. पिउने पानी असहाय बाछाबाछीका लागि सबैभन्दा ठुलो समस्या हो । नदीको पानीमा मिसिएका केमिकल खानुपर्ने बाध्यता र कतिपय अवस्थामा नदीसम्मको पहुँच नहुनका कारणले पनि कतिपय काकाकुल बनेर र कतिपय बिषादी र केमिकलयुक्त पानीका कारण मर्ने गर्दछन ।
६. उचित खाना र औषधोपचारको अभावमा जीर्ण बन्दै गरेका त्यस्ता गौप्राणीहरु कतिपय अवस्थामा बसेको ठाउँबाट उठ्नै नसकेर मारिएका हुन्छन ।
७. यत्रतत्र मासु बजारको बिस्तार तर मासुको आपुर्तिमा कमि आएको बखत सडकमा भौंतारिएर रहेका बाछाबाछीहरु एकाएक हराउने गर्दछन । शरिरबाट मासु लुछिएका खासगरि चारै खुट्टाको फिला सहित बेपत्ता पारिएका र घाँटीको भागको मासु कटिएका अवस्थाका बाछाबाछीहरु एकै दिनमा १८ वटासम्मको संस्कार गरिएको हाम्रो अनुभव छ । यस्को अर्थ मासुका लागि समेत यस्ता असहाय बाछाबाछीको तस्कर हुने गरेका छन ।
८. खान नपाएपछि यत्रतत्र फालिएका प्लाष्टिकहरु खानुको बिकल्प उनीहरुसंग हुँदैन । खासगरि भोक मेटाउन र बिभिन्न स्वादका लागि खाद्य सामग्री पोको पारिएका प्लाष्टिक खाने गर्दछन । यसरी प्लाष्टिक खाएका बाछाबाछीलाई बचाउनु असम्भव प्राय हुने गर्दछ ।
देशको राष्ट्रिय जनावर माथीको यस्तो क्रुरतामा तीनै तहको सरकारको उदासिनता अचम्म लाग्दो छ । खासगरि आम नेपालीको आस्था र बिश्वाससंग जोडिएको गौप्राणीमाथीको यस्तो अन्यायका बिरुद्धमा खबरदारी गर्दै गौप्राणीको रक्षामा आरम्भ भएको गौसंरक्षण अभियानको एकबर्ष पुरा भएको छ ।
बितेका ६ बर्षमा वाग्मती सफाई अभियान संचालनका क्रममा वाग्मती नदी किनारमा यस्तै बिबिध कारणले मारिएका १४०० भन्दा ज्यादा गौप्राणीहरुको पीडालाई अनुभूत गर्दै यस अभियानको थालनी भएको हो । राष्ट्रिय गौ संरक्षण अभियानका नाममा अघि बढ्दै गरेको यस अभियानको मुख्य उदेश्य सरकारलाई गौ संरक्षणका लागि बाध्य बनाउने नै हो । यद्यपी सरकारी उदासिनता माझपनि जनस्तरबाट माना मुठी गरेरै भएपनि यो अभियानलाई निरन्तरता दिईएको छ ।
उपत्यकाभित्र जीर्ण अवस्थामा रहेका, दुर्घटनामा परेका तथा कुनैपनि अवस्थामा रुमलिएका बाछाबाछीलाई उचित्र आश्रय र खानपीनको ब्यवस्था र औषधोपचारको समेत ब्यवस्था गरिएको हुँदा त्यता असहाय बाछाबाछीलाई हामीकहाँ ल्याई उनीहरुको जीबनरक्षा खातिर योगदान गरिदिनु हुन सबैमा आग्रह समेत गर्दछौं । हरेक बर्षको जेठ १ गेतलाई राष्ट्रिय गौ संरक्षण दिबशका रुपमा घोषणा गर्दै राष्टि–य जनावरको उचित संरक्षण खातिर सम्बेदनशिल बन्न समेत सरकार समक्ष आग्रह गर्दछौं । कृषकका पीडालाई सम्बोधन गर्दै केटी पाए पाल्ने केटा पाए फाल्ने प्रबृत्तीको अन्त्यका लागि बिशेष ब्वस्था मिलाउन समेत आग्रह गर्दछौं । स्वयंसेवी रुपमा संचालित यस अभियानका बारेमा जानकारी आबश्यक भएमा ९८५११७५७७७ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौं ।
असहाय बाछाबाछी संरक्षण अभियानका तर्फबाट
संयोजक
उत्तम पुडासैनी