विजय थापा,डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )ले कोरोना महामारीको बीचमा मुखावरण(मास्क)लगाएर बार्षिक अधिवेसन सफलतापूर्वक सम्पन्न
गरेको छ ।
अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेसन मार्फत नयाँ समितिको समेत चयन गरेको छ । हरेक दुई बर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस )को सप्ताहन्तमा बार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना भाइरसको कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को बर्ष सारिएको छ ।
टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न अधिवेसनमा मास्क(मुखावरण)लगाई ६ फिट(हात)को सामाजिक दूरीमा केवल २५ जना भन्दा कम सहभागिताआ निर्वाचन सम्पन्न भएको हो ।
आगामी दुई बर्षका लागि युएनए को नयाँ कार्यकारी समितिमा भक्त’बव’भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसै गरि लामो समय देखि युएनए देखि अन्य सं/सँस्थामा सक्रिय सहभागी जनाउदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरि महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।
मुख्य पदहरुमा पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरुको मनोनित हुने जानकारी वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले ईनेप्लिजलाई बताए ।
युएनए संस्था गैर राजनैतिक,गैर धार्मिक,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो । यसका सँस्थापक टेक्ससका सफल ब्यबसायी पासांग लामा हुन् ।