जापानलाई आफ्नो कर्म थलो बनाई बस्दै गरेकी एउटी चेली / लेखिका/ पत्रकार लक्ष्मी पौडेल घिमिरे ले आज खुसी को खबर सबै माझ लिएर आएकी छन् । पक्कै पनि पछिल्लो समयमा उनले लेखेको एउटा लेख जो २० लाख दर्शक हरुले मन पराई दिनु भएको कन्टेन्ट (उनले समेटेको जापानको पिडा) सम्बन्धित बिषय बस्तु संग पनि हामी जोड्न चाहन्छु । भिडियो तल हेर्न सक्नु हुने छ !
आज उनि एउटा खुसी को खबर सामाजिक संजाल मार्फत लिएर आएकी छन । ‘आमा’ भन्ने शब्द कोर्दा कोर्दै बास्तवमा ‘आमा’ बन्नु कत्तिको गार्हो रहेछ यो संसारमा फेरी पनि एउटी आमाले आफ्नो सन्तानको लागी सबै पिडा बिर्सेकी हुन्छिन । उनको लेख जस्ताको तस्तै :
कोरोनाले विश्वमै आक्रान्त मच्चाईरहेकाे सन्दर्भमा अहिले म टाेकियाेमा अवस्थित एक हस्पिटलमा मृत्युसंग लडेर पुनर्जन्म पाएकाे महसुस गरिरहेकि छु।आमा भन्ने शब्द उच्चारणमा जति सहज छ वन्ने प्रक्रिया निकै कष्ठपुर्ण रहेछ।ताकि दु:ख देखाएर नयां आमा वन्दै गर्नुभएका नारिहरुलाई हताेत्साहित वनाउन खाेजेकि चाहिं पटक्कै हाेईन।तर याे संघर्षशिल जिन्दगिमा प्रशव पिडा सांच्चिकै असह्य भएकाे महसुस भयाे।काेराेना कहर जताततै उस्तै छ।जव हस्पिटलमा एउटा वेडकाे शैयामा एक्लै छटपटिईरहेकि थिएं मेराे भन्ने काेहिपनि थिएन,अर्कैकाे देश,अर्कैकाे भाषा तरपनि आत्मबल वढाएर पिडा र परिस्थितिसंग जुधिरहें।मनले कताकता आफ्नै ज्यानलाई मायां मारेकाे महसुस गर्दा आत्मबल वढाईदिने र नर्मल डेलिभरि सफल वनाउन सेवामा कार्यरत सम्पुर्ण डाक्टर,नर्स तथा स्टाफहरुमा नतमस्तक छु।
टाेकियाे वच्चा जन्माउने प्रक्रियाकाे लागी संसारकै सुरक्षित ठाउं भनेर सुनेकि पढेकि थिएं अहिले महसुस पनि गर्ने अवसर पाएं।जव वच्चाकाे च्यां च्यां गरेकाे आवाज आयाे तव पिडाहरु विर्सेर आमा सम्झिएं।संसारकै खुसि पाएजस्ताे महसुस गरे।माेवाईलमा एउटा फाेटाे नर्सहरुले खिचिदिनुभएकाे रहेछ।केहि घण्टापछि अलिकति स्थिति सहज भएपछि घरपरिवार तथा आफन्तलाई जानकारी दिनकाे लागि (सवैलाई समेट्न नसकेकाेमा क्षमाप्राथि छु) लाई त्यहि एउटा फाेटाे पठाउन सम्झे।त्यसपछि तपाईहरुले फेसवुकका भित्ताहरुमा,प्राेफाईल पिक चेन्ज,माईडे ,म्यासेन्जर,कल तथा विभिन्न माध्ययमवाट हाम्राे स्वास्थ्य स्थितिकाे चासाे दर्शाउंदै शुभेच्छारुपि शुभकामना तथा आशिर्वाद दिनुभएकाे छ।आफन्तजन,सञ्चार कर्म,सामाजिक सञ्जाल त कतै मन तथा भावनाले जाेडिनुभएका शुभेच्छुकहरुकाे ओईराे लागिरहेकाे छ तपाई सम्पुर्णका शुभकामना,म्यासेज तथा कलकाे रेस्पाेन्स गर्न पाएकि छैन तर सम्पुर्णमा नतमस्तक छु।धेरै पैसा,धन सम्पत्ति कमाउन नसकेपनि सुख दु:ख मा साथ दिने शुभचिन्तकहरु कमाएकाे महसुस गर्दा खुसि लागेकाे छ।हस्पिटलमा एक्लै भएपनि तपाईहरुकाे आशिर्वाद र सुभेच्छाले गर्दा एक्लाेपनकाे कत्तिपनि महसुस भएकाे छैन हार्दिक आभार सवैमा|
सानाे छाेराले यस सुन्दर धर्तिमा पाईला टेकेकाे आज ५ दिन पुगेकाे छ।हाम्राे स्वास्थ्यलाभकाे कामना गर्दै शुभेच्छा प्रकट गर्नुहुने आफन्तजन,मन,वचन,भावना र कर्मले जाेडिनुभएका घरदेश देखि परदेश सम्मका आदरणिय सम्पुर्ण सुभेच्छुकजनहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।धेरै जनाले कल तथा म्यासेजहरु गरिरहनुएकाे छ तर म रेस्पाेन्स गर्न सकिरहेकि छैन।किनकि देश गुनाकाे भेष भनेजस्तै म अहिले देशका नागरिकहरुले नितिनियमकाे पु्र्ण पालना गर्ने देश मध्येकाे एक(जापान)काे हस्पिटल भित्र छु।मेराे नजिकमा तिनै प्रशव पिडामा छट्पटाएका महिलाहरु र सुत्केरि आमाहरु छन।जून देशले मलाई अनुशासनकाे पाठ सिकायाे,सर्टिफिकेट लेभल भन्दा वाहिर रहेर व्यवहारिक ज्ञान सिकायाे ,निति नियमकाे परिपालना गर्न सिकायाे त्यहि देशभित्र वसेर सेवा लिईरहंदा नियमलाई कुल्चेर अरुलाई हाेहल्ला गरेर हानि पुर्याउनु कदापि हुंदैन त्यसकारण म चाहना हुंदाहुंदै पनि तपाईहरुका फाेन उठाउन सकिरहेकि छैन अन्यथा नलिईदिनुहाेला।अवस्था र परिस्थिति सहज भएपछि म तपाईहरुलाई अवश्य सम्झिनेछु।हाम्राे स्वास्थ्य अवस्थाकाे चिन्ता गर्र्दै यति धेरै मायां र आशिर्वाद दिनुहुने तपाईहरुप्रति ऋणि छु सम्पुर्णमा हार्दिक धन्यवाद।???
वावुकाे नामाकरण भएकाे छैन।सुहाउंदाे नाम लेखेर कमेन्ट गरिदिनुभयाे भने आभारि हुने थिएं?