अभिषेक अधिकारी
हाम्रो देशमा हेर्ने नै हो भने सरकार चुकिसकेको छ। कुन चाहिँ दल कसको पक्षमा पनि अब त चर्काचर्की चल्न थालिसकेको छ। यत्रो दुई महिना लकडाउन जनताले खेप्नु पर्यो हिजो अस्ति तिरै पनि अर्थ मन्त्रीले जनताले यसै त एउटा बिचल्ली बनेको जिवनमा बाच्नु पर्दै गर्दा कर तिर्नुपर्ने ताकी व्यापार ब्यबसाय पुर्ण रुपले अगाडि बढ्न सकेको छैन। अब रास्ट्रपति ज्युलाई एउटा प्रश्न प्रतिपक्षी दल र सत्तापक्षि दुबैलाइ समेटेर यसलाइ अहिले नै कायम गर्न मिल्दैन लाटो देशमा गाडो तन्नेरी भने जुन उखान छ नि त्यस्तै भएको छ। कहिले महँगोमा हेलिकप्टर त कहिले आफ्नै निवासको स्वरुप बदल्नु पर्ने अलिकति लाजको पसारो देखेको छु मैले अब चाहिँ नेपालको दुर्गती निकै बढ्दै छ। संविधानको धारालाइ पनि उल्लंघन गरेको त प्रशस्तै देखिन्छ,र जनताको आखामा छारो पनि हालिएको देखिन्छ।
घरपरिवार र एउटा सिङ्गो देश बिभाजित छ। सत्ता, शासन, नीति निर्माता मदिरामा डुबेका छन। राजनीतिक दलहरु पनि कुनै एजेन्डामा प्रस्ट्युक्ती दिन सक्ने अवस्थामा छैनन। म सुरक्षित छु भन्ने पनि कसैलाइ छैन किनभने यो ध्रुव सत्य हो। अनि कसरी बन्छ मुलुक?? पुर्खा र जनताको अथक परिश्रम र सत्प्रयासबाट सम्भव भएका छ्न। केही बन्न र अब देशको शैलिलाइ नै रुपान्तरण गर्ने क्षमताको एउटा गम्भीर विषयमा ध्यान नपुगेर हो या असल कुरा आत्मसात गर्न नसकेर हो। ? हेर्नुस नेताज्युहरु समय सबैका लागि ठुलो सम्पत्ति हो। संसारका सबै देशहरुले आफ्नो समयको ख्याल गरेका छ्न प्रधानमन्त्री, रास्ट्रपति लगायत सम्पुर्णले नितिगत रुपले अगाडि बढेका छ्न तर हाम्रो देशको परिपेक्षलाई नियाल्नुस समय खेर गइरहेको छ। जल, जमीन,बन, जङ्गल सबै खेर गैरहेको छ।
नेताले आफ्नो दायित्व के निर्वाह गरेका छ्न त? नेता र जनताको दुरि एक हिसाबले दाज्ने हो भने किन अकल्पनिय किसिमले किन बढ्दो छ। आज नेपालका नेता ज्युहरुलाइ गरिबि, शोषण उत्पिडन र रोगभोग बिरुद्द लडिरहेका देखिदैनन। के राजनीति को उपभोग भनेकै अर्थ चुनावमा मत माग्नु र जितिसकेपछी राज्यकोषको सम्पत्तिलाई एउटा ब्यापारिक केन्द्र बिरुद्द ब्रहमलुट मच्चाइरहेका छ्न। के छैन र हाम्रो मुलुकमा? अपार जल, जमीन, जङ्गल छ।
शान्तिप्रिय जनताहरु उत्तिकै छन। गणतन्त्रको स्थापना पछिको यो परिदृश्यबाट अब जनताले के सिक्ने र के गर्ने? कुनै बिकल्पमा एउटा अराजकता हराएकै थियो?? युवायुवतीले बिदेशबाट रेमिटेन्स भित्र्याउछ्न पठाएर आज र भोलीको छाक टार्नका निमति निकै लागिपरेका छ्न। जनताले कर तिरेकै छ्न। त्यहिपनि मुलुक किन बन्दैन। नेताहरु चाहिँ अर्बपती बन्ने र हामी जनता अब केबल रोडपति बन्ने निश्चित रह्यो। अब कहिले बिदेशीको हस्तक्षेप त कतै कालोबजारी? आफ्ना लागि आफै भ्रामिक बनेर जनतालाइ कुन खाडल भित्र पुरेर सत्ताधारीहरु सबै धनी र हामी चाहिँ एकनासे भयौ।
एनसेलले अर्बौंको घोटाला गर्यो तर पनि भित्र भित्रै नया परियोजना ल्याउने, मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) , शैक्षिकको कुरा आउँछ देशमा कोरोनाले आतंक मच्चाएको बेला सर्ब सुबिधा बिनाको क्वारेन्टाइन पनि नबन्नु कहाँ सम्मको,टेस्ट कीट गुणस्तरिय नहुनु लाजमर्दो हर्कत हो। नेताहरु सुध्रिएको सच्चिएको देखिदैन। नेताहरुले आत्मआलोचना सहित, ब्यबहारमा परिवर्तन गरेको देखिदैन। कम्बल ओडेर घ्यु खाने संस्कारमा पाएका नेता केबल एकदुइजना मात्र देखियो। जुम्राको रिसमा सिरकमा आगो लगाउने नेता मात्र भेटियो। सबैजना भ्रस्टाचार, बेथिति, बिसङगती, आदि इत्यादी नेताहरु मात्रै पाएको हामिले भेट्यौ।
राज्यको दृस्ठिकोण बदल्न सक्नुभएन रास्ट्रपति ज्यु र नेपालका दुइ पक्षिय नेताहरु जसलाई हामिले निकै प्रोत्साहन स्वरुप भोट गरेका थियौ। राज्यले यहाँ राज्य असुलिका लागि कार्यलय या निर्वाचन पनि भैहालेमा वडाध्यक्ष र नगरपालिका मेयर भैहाल्छन। कृषिप्रधान देश भनेर चिनिएता पनि उपभोग्य वस्तुहरु सबै भारतबाटै आयात हुन्छ्न। रास्ट्रपति ज्यु र नेता ज्यु के अब गाडिको साचो जस्तै आफ्नो जन्मिएको माटोको भुमिपनी बेच्ने परियोजना तयार पार्दै हुनुहुन्छ कि क्ता हो। हिंसा, अपराध, जातिय भेदभावलाइ अन्त्य पार्ने सम्योजनाका बुदाहरु कहिलेसम्ममा तयार पारिसक्नुहुन्छ।
भोकमरी,प्यासमा जीवन कष्टकर नहोस आम सर्बसाधारणलाई प्यासी बनाउन पाइदैन। धेरै पछिल्लो राजनीति घटनाक्रम त्यस्ता छ्न जसले निको भइसकेको घाउलाई पनि फेरि पिल्साउने काम नगरियोस।