२०२१ को डिभी लोटरी (विविधता चिट्ठा) को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२०) मा भरेको बिधुतिय डिभी(ई डिभी) को नतिजा गत शनिबार देखि चिट्ठा भर्नेले हेर्न सकिने भएको हो ।
आफुले परेको या नपरेको थाहा पाउन विविधता चिट्ठा आवेदन पर्दा भर्दाको प्रमाणीकरण संख्या (कन्फर्मेसन नम्बर) आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म चिट्ठा भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी चिट्ठाको नतिजा २०२१ को सेप्टेम्बर सम्म जांच गर्न सक्नेछन् ।
उक्त विविधता चिट्ठाका विजेताहरुले आगामी २०२० को अक्टोबर १ देखि अमेरिकाको प्रवेशाज्ञा (भिसा) प्राप्त गर्न थाल्नेछन् ।
आगामी २०२१ को सेप्टेम्बरको अन्त्य सम्ममा प्रवेशाज्ञा प्राप्त गरि सक्नु पर्नेछ । २०२१ का डिभी विजेताहरुलाई आफ्नो प्रमाणीकरण संख्या (कन्फर्मेशन नम्बर)सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई अमेरिकी सरकारले सुझाव दिएको छ ।
डिभीका सम्बन्धमा सम्पर्क या ईमेल (बिधुतिय डाक )बाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। नतिजा जाँच गर्न कुनै पैसा लाग्ने छैन । यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ ।
आफूलाई चिट्ठा परेको र नपरेको थाहा पाउनका लागि यहाँ थिच्नु होस्