भन्दैछ स्कूल यो
एक्लै छु कसरी रमौ कहरमा भन्दैछ स्कूल यो
कस्तो दिन र कालमा रहनुम बन्दैछ मुस्किल यो
कैले बढ्छ अघि अघि अचल यो ठप्पै भएको गति
तिमी छौ घरमा म छु अलगमा रुदै बसेको कति
आउदैनौ परभै गयो समयनि निष्प्रभ भएको छुनि
फर्केरै नहेरी बस्यौ घरमहाँ मैंले रोएको सुनि
तिन् मैना भरको भयो सकस यो सहिरहेको मछु
सङ्लिन्न मन यो कठिन पलमा गइरहेको मछु
आउथ्यौ जब उफ्रदै समीपमा अँगालोमा बेर्दथे
खेल्थ्यौ चउरमा चली चयनले लोलाएर हेर्दथे
छैनन् ति पदलौ रमेर चलने हिड्ने र कुद्ने पनि
देखिन्नन् यसमा दयित मनका सन्त्रास बुझ्ने पनि
सुन्नै लौ रहरै भए सकलति बोली मिठो किम्मति
चिन्ता भो यसरी बसी घरमहाँ बन्दैनौ कि हिम्मति
मेरो हृदयका सबै भरहरु बन्दै गरिएपछि
तिम्ले आएर दौडने धरमहाँ काँडा भरिएपछि
बस्दैछौ घरमा डरैडरमहाँ निवृत्त बन्दै किन
आउ साहसले पवित्र थलमा शिक्षा र दिछ्या लिन
निराहार् रहदै हरेक पलमा औंला गनि दिन् गयो
बस्छौ निष्ठुरी भै अझै घरभने चिन्दिन कि झै भयो
विद्या मन्दिर भै एकान्तबासको थलो बनेको छु नि
सङ्क्रमण् डरका सदेहहरुको भलो बनेको छु नि
तिम्रो सङ्ग बसि खुसी हुने थिएँ तालै फोरेर मता
आउ हे बाल हो अबेर नगरी झोला बोकेर यता ।।