हिजो बर्षा राउतले राष्ट्रियताको सवालमा गल्ति बोलेर मैले गल्ति बोलें भनेर रुदै माफी माग्दा पनि देशद्रोही नै साबित गर्न खोज्नेहरु आज सरिता गीरी माथि चुईक्क बोल्दैनन ? (भिडियो सहित)

Spread the love

कलाकार गायक रमेश राज भट्टराई लेख्नु हुन्छ :

लेख्नै मन लाग्यो !! …हिजो बर्षा राउत ले राष्ट्रियता को सवालमा गल्ति बोलेर मैले गल्ति बोलें भनेर रुदै माफी माग्दा पनि देशद्रोही नै साबित गर्न १२ हात उफ्रिएर लागे फेसबुके बिद्धानहरु , भन्दैथिए बोल्दा ख्याल गर्नुपर्दैन ,माफ मागेर पाईन्छ ? बिशेष त कलाकार साथिहरु नै धेरै थिए मौका यहि हो यसलाई सिघ्याउने जस्तो गरेर पाखुरा सुर्केर , गुन्यु माथि सारेर एकोहोरो खनिए , ढुङ्गो हान्ने बटुवा माथि मौरीको गोलो नै खनिए झै …. अझै फॉंसी मै चढाउन पाएपनि हुन्थ्यो जस्तो गरे ……|

आज सरिता गीरी नामक एक देशद्रोही (भारतिय चेली) जस्ले २०३७ सालमा नेपालको अंगिकृत नागरिकता पाएकी थिईन ! उनले हरेक अन्तरवार्ता मा र संसद भवन भित्रै हिन्दी भाषा प्रयोग गरेर कालापानी र लिपुलेक लिपियाधुरा नेपालको हैन भारतको हो भनिरहदा एकादुई बाहेक कसैको पनि बिरोध स्वरुप एउटा स्टाटस र कमेन्ट देखिन मैले ! अझै बर्षा राउत माथि खनिएका कलाकारको हक मा त झन कोहि चुईक्क सम्म लेख्ने बोल्ने अॉंट गरेरन् !!

यस्को मतलब बर्षा राउतको राष्ट्रियता प्रतिको गलत अभिव्यक्ति को बिरोध भन्दापनि उस्को कलाकारीता प्रतिको ईर्ष्या र डाहा रहेछ र उस्को अभिव्यक्ति ले उस्लाई झापड हान्ने सहि मौका को रुप मा लिएका रहेछन् र त्यहि अवसरको सदुपयोग गरेका रहेछन् सबैले …! मैले चॉंहि यहि बुझें नोट- सरिता गिरीको बारेमा कोहि नबोलौं अब अर्को कुन कलाकारको जिब्रो चिप्लिन्छ त्यसको बिरोध का लागी तयारी भएर बसौं !!