बाह्र बर्ष पछी दुर्लभ सुर्यग्रहण

Spread the love

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ – सुर्य ग्रहण २०७७ असार ७ को असर कुन क्षेत्रमा कस्तो पर्छ? कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? ग्रहण अवधिमा गर्न हुने र नहुने कार्यहरु लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी हरु ।

यहि असार ७ गते (सन २०२० जुन २१) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । करिब १२ वर्ष पछि यति ठुलो सुर्य ग्रहण लाग्नेछ। ग्रहण अवधिमा सुर्यको करिब ८८ प्रतिषत भाग ढाकिने छ । जसका कारण पृथ्विीमा अन्धकार छाउनेछ भने दिउँसै तारा समेत देखिन सक्नेछ । आषाढ कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ। । यो चन्द्र ग्रहण नेपाल, भारत, एशियाली देशहरु, युरोपियन मुलुकहरुका साथै अफ्रिकी देशहरु बाट देखिनेछ । करिब ३ घण्टा ३३ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान १० बजेर ५० मिनेटमा ग्रहण स्पर्श हुनेछ। मध्यान्ह १२ बजेर ३८ मिनेट मा मध्य समय र मोक्ष अपरान्ह २ बजेर २३ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि असार ६ गते राति १० बजेर ५० मिनेट देखि सुतक लाग्ने हुनाले असार ७ गते दिउँसो २ बजेर २३ मिनेट सम्म बालक, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।

यो सुर्य ग्रहण मृगाशिरा र आद्रा नक्षत्र को मिथुन राशिमा लाग्नेछ । यो ग्रहण मिथुन राशिमा रहँदा रहने हुनाले मिथुन राशिका जातक लाई बढि कष्ट हुनेछ । यो अवधिमा कुल छ ग्रह बक्रि हुनेछन । धेरै ग्रह बक्रि हुने हुनाले यसको असर प्राकृतिक,आर्थीक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । प्राकृतिक विनाश, बाढी पहिरो, समुन्द्रि आँधी तुफान, महामारीको अवस्था झन बढ्नेछ । आर्थीक मन्दि का कारण समस्या आउन सक्नेछ । शनि र मंगल का कारण विभिन्न देशहरुमा द्धन्द्ध बढेर हिंसा बढ्नुका साथै युद्ध समेत हुन सक्नेछ । मंगल ग्रह जलकारक राशि मिन मा हुने हुनाले भारी वर्षाका कारण नेपाल तथा भारतमा ठुलो विपत्ति आईलाग्न सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष राशि- श्री प्राप्ती हुनेछ । सुख बढ्नेछ । वृष राशि- क्षति आर्थीक संकट देखिनेछ। मिथुन राशि – कष्ट पिडा, घात हुनेछ । कर्कट राशि- व्यय, खर्च बढ्नेछ। सिंह राशि – लाभ, फाईदा बढ्नेछ । कन्या राशि- सुख बढ्नेछ। तुला राशि – मान नाश, ईज्जत पैतिष्ठा मा आँच आउन सक्नेछ । वृश्चिक राशि- कष्ट हुनेछ । धनु राशि- स्त्रि पिडा, पत्नीलाई कष्ट हुन सक्नेछ । मकर राशि – सुखमा बृद्धि हुनेछ कुम्भ राशि – चिन्ता बढ्नेछ। मिन राशि – व्यथा, रोग बढ्नेछ ।

यो सुर्य ग्रहण हेर्न मेष, सिंह, कन्या र मकर राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । यो अवधिमा मन्त्र जप एवं भगवानको आराधना गर्नु शुभ हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो गच्छ अनुसार दान गर्नु उत्तम हुनेछ। ग्रहणको सकारात्मक वा नकारात्मक फल ग्रहण लागेपछि को समय देखि ६ महिना भित्रमा प्राप्त हुनेछ ।