आउन लागेको असार ७ गते दुर्लभ दिन हुँदैछ उक्त दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । २०७७ साल असार ७ गते आइतबारको सुर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ ।
बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ । खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।
मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।