सन्तोष कार्की मौसुफ,
भर्खर एक बर्ष पनि भएको छैन यि दुइको बिबाह भएको दुईमा झगडा भयो कुनै कुरामा…
केही कुरामा खटपट भयो दुबै जनाले एकाअर्कामा बोलचाल गर्न नै बन्द गर्दिए । यि दुई बराबर पढेलेखेका छन् , दुबैजना आआफ्नो जागिरमा ब्यस्त हुन्थेभने “इगो- घमण्ड” पनि बराबर नै थियो.. ।
म किन पहिला बोलु… म किन झुक्नु…
तीन दिन भएको थियो तर दुबैमा बोलचाल ठप्प नै थियो । हिजो उर्मिलाले ब्रेकफास्ट पास्ता बनाई पास्ता मा खुर्सानी धेरै नै थियो। उर्मिलाले चाखेकी पनि थिइन् त्यसैले उसलाई थाहा भएन … र रामहरि ले पनि झगडा को कारण केही नबोली आफ्नो भागको पास्ता खायो । उ नास्ता खाइन्जेल एक शब्द पनि बोलेन … । चिसो मौसमको कारण उ चिसोमा पनि पसिना ले भिज्यो । पछि जब उर्मिलाले पास्ता खाइ तब उसलाई आफ्नो गल्ती थाहा लाग्यो ।
एकपटक उसलाई लाग्यो कि रामहरि सँग sorry माग्नुपर्छ तर फ़ेरि उसले आफ्नो साथिहरुको भनाइ पनि याद आयो कि यदि तिमी पहिला झुकेउ भने आगामी दिनहरुमा पनि सधै तिमी नै रामहरि सँग झुक्नुपर्ने हुन्छ । भित्र- भित्र महशुस भैरहेको थियो आफू दोषि हो भन्ने..तर पनि उ चुपचाप लागेर बसि..
भोलिपल्ट सनिवार बिदा थियो , रामहरि को निन्द्रा कोठामा घाम छिरेपछि मात्र खुल्यो । घडी हेर्दा ९ बजिरहेको थियो , उसले उर्मिला सुतेको तिर हेर्यो उ अहिले सम्म सुतिरहेकी थिई । सदा दिनहरुमा उर्मिला बिहान चाँडै नै उठ्ने गर्थी र योगा एक्सर्साइज गर्ने गर्थी… रामहरिले सोच्यो खैर मलाई के मत्लब ….
रामहरि भान्साकोठा गएर आफ्नो लागि कागती निचरेर चिया बनायो र पत्रीका लिएर पढ्न बस्यो । १० बजेसम्म जब उर्मिला ओछ्यान बाट उठिन तब रामहरि लाई चिन्ता लाग्न थाल्यो …..
केही हिच्किच्याउदै उ उर्मिला छेउमा गयो .. उर्मिला १० बजिसक्यो अब त उठ… केही जवाफ आएन… २-३ पटक बोलाउदा पनि जब केही जवाफ नआएपछि तब उसलाई चिन्ता लाग्न थाल्यो । उसले उर्मिलाले ओडेको सिरक हटाएर उसको गालामा हातले थपथपायो… उर्मिलालाई ज्वरो आएको रहेछ ।
उसले भान्साकोठा गएर छिटै नै अदुवा राखेर चिया बनायो र ल्याएर उर्मिलाई आफ्नो हातको साहारा दिएर उठायो र भित्तामा सिरानी लगाएर अडेस लगाइ दियो…. त्यसपछि अदुवा हालेको चिया दियो । केही गार्हो त भको छैन गिलास समात्नलाई.. के म पिआइदिम… रामहरि को बोलिमा माया लुकेको थियो । यो कुरा उर्मिला ज्वोरो आउदा पनि अन्दाज लगाउन सक्थी ।
म आफै पिउँछु .. उर्मिला ले भनी.. रामहरि पनि ओछ्यानमा नै बसेर चिया पिउन थाल्यो । यसपछि तिमी आराम गर , म मेडिसिन लिएर आउछु । उर्मिला चिया पिउदै उसलाइ हेरि रहेकी थिइ …
रामहरि कति निराश लागि रहेको थियो । कति चिन्ता गर्छ रामहरिले मेरो लागि । काहीँ बाट पनि लागिरहेको थिएन कि तीन दिन देखि हामी एक दोस्रोमा बोलचाल नै ठप्प रहेको । र म रामहरि लाई एक्लै छाडेर माइत जाने निर्णय गरि सकेकी थिए । कति गलत रहेछु म ….
के भयो… रामहरिले उर्मिला निराश भएकी देखेर सोध्यो, टाउको त दुखेको छैन नि तिम्रो… यहाँ आउ म मालिस गर्दिन्छु भिक्स लगाएर….
हैन रामहरि म ठिक छु.. एउटा कुरा सोधु…
सोधन … रामहरि ले आरामदायी भावमा भन्यो..।
उर्मिला ले भनी: यतिका दिन देखि म तिमिसँग बोलेकी पनि थिइन र त्यसदिन खाजामा खुर्सानी पनि धेरै नै हालेकी रहेछु । तिमी चिन्तित हुँदै फ़ेरि पनि मेरो यति धेरै स्याहार सुसार गरिरहेका छौँ …. मेरो लागि यति चिता किन गरिरहेका छौँ ..?
रामहरि : हो म चिन्तित त धेरै नै छु, तिम्रो शरीर जो ठिक छैन र रह्यो मेरो र तिम्रो झगडाको कुरा…. जब जिन्दगीभर साथ बस्नु नै छ त कहिलेकाही बहस पनि हुन्छ … झगडाहरु पनि हुन्छन् … एकाअर्कामा रिसाउनु खुशी पार्नु , पनि हुन्छ। भाडाकुडा जहाँ राखिन्छ त्यहाँ खटपट त हुन्छ नै … मेरो भन्नुको तात्पर्य बुझेऊ कि बुझिनौ मेरि जीवन संगिनी …
सहि भन्यौं … भन्दै उर्मिलाले रामहरिलाई अंकमाल गरि… मनमनै आफैसँग बाचा गरि कि अब कहिले पनि मेरो र रामहरिको बिचमा इगो आउन दिने छैन ।।