नयाँ नक्साले संवैधानिक मान्यता पाएपछि प्रधानमन्त्री ओलीले गरे दीपावली

Spread the love

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आफ्नो सरकारी निवास बालुवाटारमा दीपावली गरेका छन् । प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले दीपावली गर्दै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गर्ने विधेयक केही दिनअघि प्रतिनिधिसभाबाट पारित भएको थियो भने बिहीवार राष्ट्रिय सभाबाट पारित भएको थियो ।

बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई प्रमाणीकरण गरेकी थिइन् । उनले प्रमाणीकरण गरेसँगै नेपालको अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएको छ ।