दुष्ट है पर्याे छिमेकी हाम्राे सताउछ अतिसार
दुख नि दिन्छ सिमा नि सार्छ गर्दछ अत्याचार
उसकै छ त बिशाल भूमि लुट्दैछ तै पनि
याे सानाे देशको जग्गा र बस्ति मेरै हाे याे भनि
नाका है बन्दी गरेर राेक्छ अाेखती र मुलाे
मानबताकाे अपराध हाेला त्यँहा भन्दा के ठूलाे
बिपतमा समेत उद्घार गर्न अाँउदामा नेपाल
जासुसि गर्न सूचना भर्न जान्छ त्याे हिमाल
जबान लान्छ पानि नि तान्छ जङगलै उ खान्छ
सदियौँ देखि हाम्रो त्याे भूमि लुटेर उ लान्छ
मान्छे है लुटि नपुगि अझ लुट्दछ देउता नि
बुद्ध र सिता जस्तालाइ पनि उसैका हुन भनि
हामिले दियाेै घर्तिकि पुत्रि देउति ति सिता
पुतना जस्ति बुहारी दियाे हामिलाइ सरिता
न त स्विकार्छ इतिहास उसले न कानुन उ मान्छ
बिश्वका सामु नकटाे बन्दै झुट बाेल्न त्याे जान्छ
छेउमा यस्ताे छिमेकी भा नि सिमामा न बार छ
पिलर सार्छ जग्गा नि च्यापछ अाफ्नैमा उ पार्छ
धन्न है रै छ सगरमाथा निकै नै त्याे माथि
छेउमै भए पिलर सार्दै अाउथ्याे त्याे राति
अमृत समान ति जडिबुटि लैजान्छ उ त्यता
कुँहेका फलफूल बिषादि हालि पठाउ छ उ एता
राम्रा ति हाम्रा सबै उ लान्छ खाेजेर उ उता
मात्र उ दिन्छ हुर्काइकन बाँदरे ति नेता
जस्ताे नै सुकै अपराधी त्याे हाेस दिन्छ है शरण
अाफूलाइ गाेटि बनाउन उसलाइ पाेषण भरण
उहि अाफै भन्छ सम्बन्ध हाम्रो राेटि र बेटीकाे
राेटि नि उसलाइ बेटी नि उसलाइ सिमा नि मेटिगाे
मदारीले झै छाेप्द्छ बाँदर पारेर जालैमा
नचाउनलाइ पठाउँछ एता उसैकाे तालैमा
कहिँले फेर्छ नाच्नि त्याे बाँदर कहिले उसकाे ताल
छानि है छानि फेर्दछ बाँदर हानेर महाजाल
मदारी त्यता बाँदर यि एता नचाउछ उ अाफै
स्वर्गमा जस्ताे बगैंचा त्यस्ताे बानाए सखापै
तिन तिर हाम्रो छिमेकी त्यस्ताे न मिल्छ फेरन
लाैन है अाइजा काेहि ठूलै शक्ति याे पिंडा हेरन
-अर्जुन राज पन्त ,बाग्लुङ मुलपानि
(व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य “काेइली “का समेत लेखक हुन)