एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारी

Spread the love

अमेरिकामा नेपाली समुदायको पुरानो संस्था मध्ये कै एक एसोसिएसन अफ नेपालिज इन अमेरिकाज(एएनए)को अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी मनोनित हुनु भएको छ ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था मध्ये कै एक हो । स्थापना काल देखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक बिषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

सामाजिक अभियन्ता तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई अन्तरिम अध्यक्ष मनोनित गरिएको जानकारी छापा बिज्ञप्ति मार्फत एएनए बोर्ड अफ ट्रस्टीका सभापति अम्बिका प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

उक्त जानकारी जुलाई ७ ,२०२० का दिन वर्तमान एएनएको कार्यकारी समितिको पदावधि जुलाई ४ को सप्ताहन्तमा भएको जानकारी एएनए बोर्ड अफ ट्रस्टीका सभापति अधिकारीले सार्वजनिक गर्नु भएको छ ।

उक्त छापा बिज्ञप्तिमा अधिकारीले अन्तिम अवस्थामा महामारीको कारण सबै पदाधिकारीहरुले निर्वाचन समितिमा राजिनामा दिएको उल्लेख गर्नु भएको छ । साथै एएनएन बोर्ड अफ ट्रस्टीले आगामी डिसेम्बर १५.२०२० सम्मका लागि निर्वाचनको समय थपेको छ ।

ट्रस्टीले कार्यकारी समिति कै सेवामुक्त(आउट गोइङ्ग )वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई अन्तरिम अध्यक्ष डिसेम्बर ३१,२०२० सम्मको लागि नियुक्त गरेको छ ।

साथै सबै अन्तरिम कार्यकारी समितिले निरन्तरता दिने छ । गत जुलाई ५ मा बार्षिक साधारण सभाको बैठक बसेको थियो । अन्तरिम र सबै कार्यकारी समिति सदस्यहरुलाई बोर्ड अफ ट्रस्टीले बधाई तथा शुभकामना दिएको छ ।

साथै बोर्ड अफ ट्रस्टी सेवामुक्त(आउटगोइङ्ग)अध्यक्ष मेदिनी अधिकारी तथा कार्यकारी समिति सदस्यहरुले समुदायमा पुर्याएको योगदान र सेवा प्रतिलाई धन्यवाद दिएको छ । बिधानअनुसार निर्वतमान अध्यक्ष भएका मेदिनी अधिकारी एएनए बोर्ड अफ ट्रस्टीको सदस्य स्वत भएका छन् ।