ब्यङ्गय कविता : नमिलेकाे हल

Spread the love

गाेरु उस्तै अाँढे हुन कि जानेनन् कि नार्न!
खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न?

हली मार्न फर्कियाे कि जाेडा सङ्ग भिड्न?
उल्टाे काँधमा नारे कि खै जानेनै पाे हिँड्न?

एकै काँधे परे कि खै यस्ताे हुन गयाे!
नमिलेका जाेडा नार्दा अनर्थ पाे भयाे ?

एउटा अग्लाे अर्काे हाेचाे मिलेन कि रथ!
रथै मात्र मिलेन कि बेग्लै छ त्याे पथ?

नमिलेकाे रथ हाे कि पथ पाइएन खै मेसाे!
अाधा मेलाे सके पछि गर्याे किन त्यसाे?

देख्याे कि खै छेउमा कतै भरि घाँसकाे डाेकाे?
एउटा गाेरु अघाएकाे अर्काे थियाे कि भाेकाे?

जानेन कि गाेसाँएले ति हल गाेरु पाल्न?
बराबरि पारि तिनले खाने घाँस त्याे हाल्न!

अाधा दिनमा मेलाे काट्नि पर्या हाे कि बानी!
नसप्रिने बानी हाे कि हाे याे जाना जानि?

एउटै हलमा नार्या गाेरु भा छन् सिङ्ग र पुच्छर!
एउटा ताक्छ दक्षिण तिर अर्काे ताक्छ उत्तर!

यस्ता गाेरु जाेत्दा खेरि कस्ताे हाेला खेती !
किसानै पाे उस्तै हाे कि बुझेन कि त्यति !

साेइला पनि उस्तै हुन कि जता पनि हिल्नि?
हल्का बल त्याे लगाइ हेरे फर्किनै नि मिल्नि!

मिल्थ्याे कि त रथ पाे कतै काँध फेरेर हेरे!
फलामैका साेइला ठाेकि जाेताराले बेरे!

कि त फेर जाेत्नि गाेरु कि त फेर हलाे
रथ र पथ दुवै मिले बल्ल हाेला भलाे!

-अर्जुन राज पन्त
(व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङ्ग्यकाब्य “काेइली”का समेत लेखक हुन)