गायिका इन्दिरा भट्टराईको स्वर तथा सङ्गीत रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक

Spread the love

गायिका इन्दिरा भट्टराईको स्वर तथा सङ्गीत रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको रचना बिनोद बन्जाराले गरेका हुन् । महिला जागरण समुहको सहयोगमा तयार भएको यो गीतको म्युजिक भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्षको तीजमा नयाँ तीज गीत ल्याउने गायिका भट्टराईले यस वर्ष परदेशमा रहेर पनि निरन्तरता दिएकी छिन् ।

सुमन कुमार श्रेष्ठले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई राजु केसी तथा सूर्य महर्जनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री नीतु कोइरालाको अभिनय देख्न सकिन्छ । तेजस्वी कला केन्द्र एण्ड मिडियाले यसमा विशेष सहयोग गरेको छ ।