‘ नाँच माया ‘ नरहरी प्रेमिको संगीतमा नांचौ नांचौ लाग्ने गीतसार्वजनिक । (भिडियो सहित )

Spread the love

कोविड १९ ले संसारै त्रस्त र स्तब्ध भएको बेला संगीत सिर्जनाका माध्यमले त्यसलाई बिर्साउँदै जनजीवन सामान्यतिर डो¥याउने प्रयास सांगीतिक क्षेत्रबाट भईरहेका सन्दर्भमा भर्खर मात्र एउटा नयाँ गीति कोशेली बजारमा आएको छ । श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको सिर्जनाको बोल छ नाँच माया । यो गीतमा स्वर रमित थिङ (ज्याम्पा) र अपेक्षा खनाल ।

बहुआयामिक गायक तथा संगीतकार नरहरि प्रेमीको सङगीत एवं शव्द रहेको नाच माया बोलको गीतमा फिचरिङ पनि स्वयम प्रेमीले नै गरेका छन् । पुर्णरुपले डान्सिङ शैलीमा तयार पारिएको यस गीतका गायक , गायिका दुवै नँया भएतापनि गीत सुन्दा पाको प्रस्तुति भेटिन्छ । नरहरि प्रेमीका यी शिष्यहरुले धेरैनै मिहेनत गरेको कुरा गीत सुन्नासाथ थाहा हुन्छ । त्यसो त गायक गायिकाको स्वरलाई क्षमता अनुसार मापन गरेर संगीत सिर्जना गर्न सिपालु संगीतकार प्रेमीले यो गीत पनि गायक गायिकाकै क्षमता अनुसार गीत तयार पारेका छन् ।
खासगरि किशोर किशोरी अनि युवा पुस्तालाई लक्षित गरि बनाईएको यस गीतको ¥यापले पनि गीतलाई आकर्षक बनाएको छ । जसलाई संगीतकार स्वयमले तयार पारेका हुन भने सोको गायन प्रस्तुति पनि स्वयम प्रेमीकै रहेको छ ।
गीतमा सकेसम्म केहि न केहि सन्देश हुनै पर्दछ , जसले समाजलाई सकारात्मक बाटोमा डो¥याउन सकोस भन्ने नरहरि प्रेमीको शव्द रचनाले गीतको हल्का फुल्का प्रकृति हल्का फुल्काजस्तो भान भएता पनि गीतलाई समग्र रुपले वजनदार तुल्याएको छ ।

बजाउना साथै नाँचिहाँलौझैँ लाग्ने नाँच माया गीतका एरेञ्जर भने लक्षु प्रकाश मल्ल हुन् । विग परिवेश स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ कार्य जीवन बडुले गरेका हुन् । पुष्पा पौडेलको निर्देशन र राज कुमारको सम्पादन रहेको गीतको भिडियो अति नै सामान्य खर्चमा तयार तयार गरिएको भएतापनि गीत नसकिँदासम्म दर्शक श्रोताको ध्यान भिडियोले केन्द्रित गराईरहन सक्ने देखिन्छ ।
यसै पनि गीतमा नरहरि प्रेमीको जबर्जस्त उपस्थितिले सिर्जना पनि जबर्जस्त हुन पुगेको छ भने गायक रमित थिङ र गायिका अपेक्षा खनालको स्वरको टोन सुन्दा भविष्यमा कुशल गायन प्रस्तोताका रुपमा स्थापित हुने कुरा पनि सहजै अनुमान लगाउन सकिन्छ ।

नाच माया गीतले हामीलाई त फनफनी घुमेर नाच्ने बनायो नै गीत सुन्नासाथ तपाईहरुलाई पनि नचाउनेछ र सुनिसकेपछि चाँहि यहि गीतमा भनिएझैँ तपाईको मनले पनि पक्कै भन्नेछ ।
जो हाँस्छ उहि हेल्दि हुन्छ
जो नाँच्छ उहि धेर बाँच्छ
सबलाई हँसाउदै , नचाँउदै नाँचौ
मरि कस्ले के पो लान्छ ।