इन्डियन आर्मीको जागिर छोडेर कृषिमा,बर्षमै करोडौं आम्दानी,सबै चकित पार्ने करोडौंको कृषि फर्ममा पुग्दा (भिडियो सहित)

Spread the love

लाखौँ युवा विदेशमा तर स्वदेशमै कमाउँछन् यि कृषक बार्षिक १५ लाख
झापा रोजगारीका लागी लाखौँ नेपाली दाजुभाई तथा दिदिबहिनी बिदेशिएका छन् । नेपालमा रोजगारी भएन ,गर्ने ठाउँ भएन जस्ता गुनासा उनिहरुको छ । बिदेशमा लाखौँ मध्ये केहि केहिले राम्रा अवसर पाए पनि धेरैले दुख पाएका छन् । केहिले त बिदेशमा सिकेको ज्ञान र कमाएको पैसा लगानी गरी ब्यापार ब्यवसाय गरेका छन् । तर धेरै युवाको अवस्था जस्ताको तस्तै यहि परिपेक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकका एक ब्यक्तिले २ करोड बढीको लगानीमा कृषि फर्म सञ्चालन गरीरहेका छन् । जसको नाम रहेको छ पाथीभरा कृषि फर्म । दमक १ मा रहेको फर्मबाट बार्षिक १५ लाख बढी कमाई हुन्छ । फर्मको सञ्चालक हुन् दमक १ का प्रेम बहादुर बेघा । आज भन्दा १० बर्षअघि १२ हजारको लगानीमा २ सय कुखुराबाट शुरु गरेको उनको ब्यावसाय अहिले २ करोड बढीको छ । उनको फर्ममा विभिन्न प्रकार लोकल कुखुरा ,गिरिराज,कड्कनाथ ,जापनीज ,फाईटर पोलिस र सिल्की जताका कुखुराहरु रहेका छन् ।

यस्तै फर्ममा चर्चित जातका पन्छिहरु टर्की ,तिथ्रा,हाँस ,बटाई ,विदेशी तथा स्वदेशी जातका परेवा,कुकुर, माछा लगायत छन् । उनको फर्म ३ बिग्घा ८ कठ्ठामा फैलिएको छ । उनका फर्ममा ६ जना कर्मचारीले मासिक १५ हजार बढी तलव सुविधा पाउँछन् । सो फर्मबाट अण्डा ,बच्चा र मासु पाउँनुका साथै अन्य ब्यवसाय गर्न चाहने किशानहरुलाई प्राविधिक सल्लाह समेत दिइने फर्म सञ्चालक बेघाले बताए । उनि सोही फर्मबाट मसिना चल्ला उत्पादन गर्छन् । उनलाई प्रदेश १ सकारले रु १५ लाख बराबरको ह्याचरी खरिदका लागी अनुदान रकम दिएको रहेछ । त्यसमा उनले ५ लाख थपि रु २० लाखमा ह्याचरी खरिद गरी चल्ला उत्पादन गरेर बेच्दा रहेछन् । उनि, उनका श्रीमती र छोरा पनि दिनरात फर्ममा खटिइने रहेछन् । उनको फर्ममा रहेका सबै कुखुरा र पन्छिका लागी प्रदेश १ लगायत देशभरबाट माग आउँदो रहेछ । उनले माग अनुसार चल्ला ,अण्डा ,मासु पठाउँने रहेछन् । उनि पशुपन्छि सम्बन्धी तालिम पल्टनमै हुँदा लिएको बताउँछन् । अहिले कुखुरा तथा पन्छीमा देखिएका रोगहरुको उनि आफै उपचार पनि गर्दा रहेछन् ।

पाँचथरको च्याङ्थापुमा वि.स.२०२७ सालमा जन्मिएका बेघाले देशकै लागि नमुना काम गरेर देखाएका छन् । उनि भन्छन् सानो लगानीमा पनि यहि मनग्ये आम्दानी गर्न सकिन्छ ।,उनले थप्दै भने नेपालमा नै यस्ता पेशा ब्यवसाय गर्न सके खाँडीको ५० डिग्रि घाममा पसिना चुहाउन पर्दैन । बेघाले पाथिभरा कृषि फर्मलाई अझै बिस्तार गरेर फलफुल ,तरकारी र बंगुर र माछापालन गर्ने तयारी गरेका छन् । आफुहरुले पालेका पशुपन्छीबाट उत्पादित मल प्रयोग गरेर अग्र्यानिक फलफुल र तरकारी उत्पादन गर्ने उनको योजना छ । तर उत्पादित तरकारी र फलफुलका लागी बजारीकरण तथा अन्तराष्ट्रिय निर्यातका लागी सरकारले पहल नगर्दा समस्या आएको उनको भनाई छ । यसतर्फ पनि सरकारले ध्यान दिए कृषिप्रधान नेपालको समृद्धी र बिकास हुने उनको दाबि छ । लिम्बू दाइको करोडौंको कृषि फर्ममा पुग्दा उनले विभिन्न बिदेशी जातका पशुपन्छी देखाउदै उनले त्यहाँका सम्पुर्ण कुराहरु साथै कृषिबाट सफल हुने तरिकाहरु यसरी बताए तलको भिडियोमा हेर्नुहोला |