नेपाली र बिदेशी नेताको मानसिकतामा के फरक ?

Spread the love

रामकुमार श्रेष्ठ

जर्ज वाशिङटन चाहेका भए आजीवन अमेरिकाका रास्ट्रपति बन्न सक्थे । पहिलो कार्यकाल सकिने बेलामा जनताले फेरि रास्ट्रपति बन्न आग्रह गरेपछि संबिधानमा लेख्न लगाए दुई पटकभन्दा बढी बन्न नपाउने भनेर । अन्यथा, उन्लाई थाहा थियो, दोश्रो पटकपछि तेश्रो पटक पनि रास्ट्रपति बनिदिन आग्रह आउनेछ । आफ्नो दोश्रो कार्यकाल सकिएपछि उनी वाशिङटन नबसी गाउँमा गएर खेती गरेर बसे । त्यसैले त उनी पुजनिय छन ।

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रुडले प्रधानमन्त्रीपछि आफू अध्यक्ष भएको Asia Society Policy Institute का तर्फबाट एउटा कार्यक्रम आयोजना गरे सेप्टेम्बर २०१८ मा अमेरिकामा नेपालका प्रधानमन्त्री केपी वलीको अमेरिका भ्रमणको मौका छोपेर । केविन रुडले टेबलमा भएको पानीको बोत्तल खोले र पानी पहिला नेपाली प्रधानमन्त्री वलीको गिलासमा खन्याए र त्यसपछि आफ्नो गिलासमा । यी दुबै काम नेपाली नेताको दृष्‍टिकोणमा हैसियतभन्दा तल गएर गरिने साना काम हुन ।

शायद यही मानसिकताले होला पूर्व रास्ट्रपति डा रामबरण यादब र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्राध्यापन गर्ने, पूर्व उपप्रधानमन्त्री एबं सभामुख रामचन्द्र पौडेलले पढाउने र पूर्व सभामुख सुभाष नेम्वाङले कालो कोट लगाउने कुरा नेपालका पार्टीका घोषणापत्र जस्तै बन्न पुगे । शायद सोचे होलान – त्यस्तो गर्दा इज्जत जान्छ ।

डा उपेन्द्र देवकोटा मन्त्री भएपछि भने यो मानसिकतालाई तिलान्जली दिएर आफ्नो पुरानै पेशामा फर्किएर काम गरे । शायद उन्ले त्यसो नगरी अरुले जस्तै मन्त्रीकै हैसियतमा बस्थे भने शायद मृत्‍यु हुँदा शायदै त्यो सम्मान पाउँथे होलान ।

नेपाली नेता मन्त्री वा प्रधानमन्त्री भएपछि आजीवन त्यही हैसियतमा बस्न चाहन्छन । आफ्नो अनाबस्यक फतफतावटलाई आ-आफ्ना कार्यकर्ताको ताली र केही संचार जगतले दिने स्थानमा गौरबानुभूति गर्छन् भलै बहुसंख्यकले जतिसुकै आलोचना र सीधै गाली नै किन नगरुन । विकसित देशका नेताहरु १-२ पटक राष्ट्रिय जिम्मेवारी पाएपछि आफ्नै किसिमले काम गर्छन जस्ले गर्दा त्यो बेला आर्जन गर्न सकेको साखलाई कायमै गर्न सकियोस । हाम्रोमा आर्जन गरिएको साख नै पनि अनाबस्यक फतफतावटका कारण आँफैले सखाप पार्नेभन्दा बढी केही गरेको देखिन्न र यस्ले गर्दा आफू पनि बिरामी हुँदै र देशलाई पनि बिरामी बनाउँदै जान्छन ।

@Ramkshrestha