काठमाडौ । काठमाडौ बिष्णुमती पुलको छेउमा सुकुमबासी बस्ती छ जहा गरिबहरुले बास र आश्रय लिएर बसेका छन । आज हामी तिनै मध्ये एउटा प्रतिनिधि पात्र जस्को कुरा गर्न लागिरहेका छौ । उनीहरुको माया देख्दा तपाईलाई नि लाग्ने छ कि सम्बन्ध भनेको त यस्तो पो हुनुपर्छ भनेर । अहिलेका जमानामा आफनै बाउबाट छोरी असुरक्षित र आफनै छोराबाट आमा असुरक्षित भएको समयमा यस्तो उदाहरणिय जोडी भेटाउन कठिननै पर्छ । आज हामी कुरा गर्दैछौ नदी किनारको झुपडीमा बस्ने अन्जु थापा गिरिको जो आफनै ससुरालाई यसरी स्याहार गर्दै बसिरहेकी छिन ।
ससुरा २४ सै घण्टा बिस्तारमा हुदा पनि उनले उनका सबै काम कार्यहरुको स्याहार सुसार गर्दै आईरहेकी छिन । आफैमा बिभिन्न समस्या हुदा पनि उनले कहिले ससुरा र परिबारको साथ छोडिनन । उनका परिबारले ससुरालाई छोडे तर उनले कहिले पनि बिरामीी ससुरा छोडेर जाने हिम्मत के सोच पनि आएन भन्छिन उनी, अहिले आफनै आमाबुवालाई बृध्दाआश्रममा छोडने छोराछोरीले यो कुरा सिक्नु जरुरी छ यिनीबाट |