काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।
क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य भैरहेको जानकारी दिँदै कोरोना लाग्दैमा भने नआत्तिन आग्रह गरेका भछन् । भिडियो सन्देशमा उनले भनेका छन्, मलाई कोरोनाले यति सिरियस पालाए भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ , म एकदमै कन्सेस भएको बेलामा त ष्ति भेरै गााजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।
उनले जीवन रहे मात्र सबेथोक रहने भएकोले यस्तो केसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफू छिट्टै निको भउर विदेशमा रहेका नेपालीलार्य फर्काउने र राष्ट्रपति समर्पित हुने जानकारी दिएका छन् । उनले आफू स्वस्थ्य हुनुमा स्टार अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यबाद व्यक्त गरेका छन् ।