महेश भट्टराई।
बिदेशबाट अमेरिका आई उच्च शिक्षा लिन चाहनेहरूले कि त TOEFL or IELTS accepted number लिएर आएको हुनु पर्छ ! वा university वा community college गै English placement test दिनु अनिबार्य हुन्छ !
यदि स्तर न्युन आएमा अंग्रेजी अनिबार्य रूपमा नपढी अगाडि बढ्न र पढ्न पाइदैन !
नेपालबाट जन्मे देखि बोर्डिग स्कूल/कलेज पढेका र सरकारी स्कूल/कलेज पढेका दुबैले उक्त अग्रेजी परिक्षा दिदा प्राय दुबैको स्तर/नम्बर न्युन नै ल्याएको देखिन्छ ! दुबैले प्राय चार पाच सेमेष्टर (२-३ बर्ष) बेसिक अंग्रेजी(१०१सम्म) पढ्न नै खर्च गर्नु परेको देखिन्छ !
नेपालमा ठुलै सपना देखि घर खेत, श्रृण, धन, डबल काम, घुष, दुई नम्बरी गरेर सकि नसकि जन्मे देखि छोराछोरीलाई अग्रेजी बोर्डिग स्कूल/कलेजमा पढाएका हुन्छन !
आज पनि केहि सोच्ने, बुझ्ने, आफ्नै खुट्टामा उभिने आफ्नै भबिष्य निर्धारण गर्ने,घर परिबारको आर्थिक अबस्था मुल्याकंन गर्न सक्ने १६-१७ पुगेका छोराछोरीहरू पनि बाबुआमाको सोच, बाटो र खुट्टामा निर्भर भएको पाईन्छ !
नेपालमा बाबुआमाको पुलपुलावट र आफ्नो लाबार्बाहीको गहिरो चोट बिदेश आएर पाउछन !
जिवनभर बोर्डिडं स्कूल/कलेज पढेर अमेरिका वा बिदेश आएर सरकारी स्कूल /कलेज पढेको साथी संगै एउटै कक्षामा अग्रेजी पढ्न पर्दा आफैलाई कस्तो महशुश र मुल्यांकन होला ? बाबुआमाले के सोच्दा हुन ?
स्विकृति, अनुगमन र मुल्याकंन गर्ने नेपाल सरकार, बाबुआमा, प्राईभेट स्कूल/कलेज खोल्ने लगानीकर्ता, पढाउने शिक्षक र आफै बिध्यार्थिको शिर झुक्छ कि झुक्दैन होला ?
के यो तितो सत्य तथ्य नेपाल सरकार,शिक्षा मन्त्रालय, अभिभावक, बोर्डिगं स्कूल र बिध्यार्थिहरू लाई थाहा छैन होला ?
नेपालमा क्रमश प्राईभेट स्कूल कलेज कम गरि सरकारी स्कूलको गुणस्तर सुधार्न ठोस कदम चाल्न निकै ढिलो भै सकेको छ !
माथिको लेख महेश भट्टराई को फेसबुक बाट साभार गरिएको हो !