आजको राशिफल बि.सं. २०७७ साल कार्तिक १८ गते मंगलबार – पाथिभारा माताले सबैको कल्याण गरुन !

Spread the love

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १८ गते मंगलबार ई. सं. २०२० नोभेम्वर ३ नेपाल सम्बत ११४० कौलागा तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण तृतीया , चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे २५ मिनेट देखि १ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफ्नै राशिमा चन्द्रमा छ, नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसारव्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । सानातिना जिम्मेबारी आइलाग्न सक्छन तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । मौसमी रोगको प्रकोपबाट सावधान हुनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्य सबल छ । पछाडि बसेर कुरा काट्ने र खुट्टा तान्नेहरू आफैं पराजित हुनेछन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीरप्रेमिकाको मिलन हुनसक्छ । छात्रछात्राले विशेष प्रगति गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा र रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । परीक्षा र प्रतिस्पद्र्धामा सफलता पाउने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अरुका कुरा सुनिदिनाले मात्र पनि कुनै काम बन्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनोरञ्जन र रसरङ्गका लागि आजको दिन अनुकूल छ । प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमीरप्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन नदिनु राम्रो हुनेछ । विद्यार्थीले खेलवाडबाट टाढा रहेको जाति हुन्छ, नत्र भविष्यमा दूरगामी असर पर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तन मननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना ुउत्पन्न हुनसक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव हुनसक्छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त गर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आफन्तले नै कुरा नमानिदिंदा मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन । दाम्पत्य जीवन निरस रहने छ, प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा कन्ट्रोल गर्नुस, नत्र पाचनप्रणाली गडबडाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।