अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको घाँटी थिचेर हत्या गरेकी गुल्मी जिल्ला घर भएकी घट्टराइ थरकी महिलाले पति सँग सम्बन्ध निकै चिसिएको कारण सन्तानकोे हत्या गरेको वयान दिएकी छन् । ३१ वर्षीया ती नेपाली महिलाले अष्ट्रियन अपराध अनुसन्धानका प्रहरीलाई दिएको वयानको अंश स्थानीय पत्रपत्रिकाहरु मर्फत वाहिरीएको छ । आफ्नोे अपराध स्विकार गर्दै उनले श्रीमान सँग सधै झगडा भइरहने कारण हत्या गर्न बाध्य भएको बताएकी छन् । पटकपटक श्रीमान सँग झगडा भएको कारण उनका पतीलाई प्रहरीले नै उनको घर पस्न दुई हप्ताका लागि प्रतिबन्ध लगाएको थियो । थप भिडियोमा हेर्नुहोस ।।