प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् । प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित छ । किनभने, कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिँदैछ, तर त्यो सफल हुन दिइनेछैन ।’ बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो । हेर्नुहोस कार्तिक २१ गतेका मुख्य समाचारहरु :