पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तब्यका रुपमा विकास हुँदै गएको छ ।
सरकार र स्थानीयको संयुक्त पहलमा जेफालेलाई पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि जेफाले पुर्वी नेपालको नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।
उत्तरी मोरङको बिकट क्षेत्र मानिने जेफालेको अर्को बिशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो । एक वर्ष अघिमात्र मोरङ र सुनसरीको जिल्लाको सिमानामा पर्ने जेफाले डाँडामा ७२ लाखको लागतमा ४२ फिट अग्लो चार तले भ्यू टावर निर्माणपछि जेफाले क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ ।
१ हजार ९ सय ७० मिटर उचाइमा रहेका भ्यू टावरवाट पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ ।
जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीका अनुसार भ्यू टावरवाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । साविकको सिंहदेवी ५ रहेको जेफाले अहिले केरावारी गाउपालिका(२ अन्तर्गत पर्दछ ।
सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।
मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।
त्यती मात्र हैन जेफलेको सुन्दर दृश्यहरु भिडियोमा कैद गर्न,म्युजीक भिडियो, सीरीयल तथा सिनेमाको युनिटहरु पनि त्यहाँ पुग्ने गरेको स्थानिहरु बताउँछन ।
सोहि अनुरुप म्युजीक भिडियोको एक युनिटहरु त्यहाँ पुगेको छ । ईस्वर दुलाल नाम गरेको युटुयुव च्यानलले कमेडि गर्दै बनाएको भल्गका अनुसार, उनीहरु नन्दु गुरुङको चरी बस्यो लालुपाते बोलको म्युजीक भिडियोको छायंकनको क्रममा रहेको जानकारी दिएका छन । उनीहरुले सो भिडियोमा निक्कै रमाईलो गरेका छन । हिडदाहिडदै उनीहरुको साथीहरु छुटछन । त्यस पछि के के हुन्छ भिडियो हेर्नु होस :