म मन्दिर हु मायाको कसैले तोडेर केभो? म एक्लै छु यो भिडमा कसैले छोडेर केभो? : जानकी पन्त

Spread the love

स्कटनेपाल,
बेलायत मा बस्दै आउनु भएको समाज सेवी जानकी पन्त ले बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

लेख्नु हुन्छ : म मन्दिर हु मायाको कसैले तोडेर केभो? म एक्लै छु यो भिडमा कसैले छोडेर केभो? म मुहान हु मायाको एक बाध टुटेर केभो? म पुजारी हु मायाको एक पुजा रुकेर केभो? म तृप्ति हु आफ्नै तृष्णाको केहि पल तड्पेर केभो? म उमंग हु आफ्नै मनको केहि रहर रुझेर केभो? म सागर हु मायाको केहि जहर पिएर केभो?

म अनुरागी आफ्नै हृदयको फेरी यो मन दुखेर केभो? म उपहार हु आफैमा कसैले नअपनाएर केभो? म नजिग छु आफूमा अरु ट़ाढीएर केभो? म आवाज हु आफ्नै आत्माको फेरि अरु नबोलेर केभो?

म आकाश हु आफ्नै भावनाको केहि भाव भुइमा गिरेर केभो? म बादल हु आसुको सागरको केहि बुद् भुइमा झरेर के भो? म महल हु सुन्दर कल्पनाको केहि सपना बिग्रेर केभो?

म किरण हु आफ्नै खुशीको केहि दुख जीबनमा झेलेर केभो? म धर्ती हु धैर्यताको थोरै साहास जीबनमा टुटेर केभो? म भरोशा हु आत्मबिश्वासको केहि आश जीबनमा मरेर केभो? म प्रकाश हु आफ्नै आत्माको केहि दीप जीबनमा निभेर केभो?

म मन्दिर हु मायाको कसैले तोडेर केभो? म एक्लै छु यो भिडमा कसैले छोडेर केभो?