काठमान्डौँ ।
नेपाली लोक गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका तुलसी धर्ति मगर र गायक गोपाल जि एम को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”लुगा मात्र फेर्ने ” को भिडियो सार्वजनिक भएको छ ।
देव बोहराको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेका मायालु जोडिको मनको भावलाई गीतमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ । अमित विक को छायाँकन , कृष्ण बावुको सम्पादन तथा दिपक साउदको निर्देशन भिडियोमा रहेको छ । ”लुगा मात्र फेर्ने ” गीतको भिडियोमा भुवन पार्की र राधिका मगरको अभिनय रहेको छ ।
”लुगा मात्र फेर्ने ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।