काठमाडौं । धरानमा अहिले रमाइलो छ उत्सब छ चाड छ भन्दा फरक नपर्ला किनकि त्यहाँ अहिले चर्चित पब्लिक स्पिकर रमेश प्रसाईको बिबाह सम्पन्न हुदै छ यहि मङ्सिर २२ गते भोलि | यसैबीच काठमाडौँमा बसोबास गर्ने सौरभ तामाङ र सुरज क्षेत्रीले समलिंगी विवाह गरेका छन् । परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन् । सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेकी छन् । दुई बर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए ।
पुरुष पुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन । विवाहित जोडीले आफु जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे । समलिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहति जोडीले बताए ।सरकारलाई कानून बनाउन दवाव दिने उद्धेश्यले नै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले बताए । बैवाहित जोडीलाई बधाई दिदै परिचय समाजका अध्यक्ष प्रेम जिसीले समलिंगी विवाहको कानून बनाउन सरकारसँग माग गरे ।हेर्नुहोस |