अशोक दर्जीले खुलाए सानै उमेरमा भोगेको जातिय विभेदको कथा (भिडियोसहित)

Spread the love

गायक टंक बुढाथोकी र अशोक दर्जीको सहकार्यमा नयाँ गीत ‘मनबीनाको धन’को तेश्रो श्रृंखला सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रममा बालगायक दर्जीले आफूले सानैमा जातिय विभेदको सामना गरेको समेत खुलाएका छन् । ‘कसैले घरमा छिर्न समेत दिँदैन थिएँ,’ अशोकले दलित भएका कारण भोगेको विभेद सुनाए ।

अशोकले यसो भनिरहँदा टंक भावुक देखिन्थे । ‘मनबीनाको धन ३’ले पनि यही विभेदकै विषय उठाएको उनले बताए । ‘किन मान्छेले नै मान्छेलाई मान्छेको जस्तो व्यहार गर्दन्, मेरो गीतको मुल प्रश्न नै यही हो,’ टंकले भने ।

बाँकी के के भयो, टंक र अशोकसँग गरिएको कुराकानी गर्नुस् |