कोरियामा बस्दै आएका संचारकर्मी गोविन्द वानियाँ ‘म्याग्देली’ले ‘‘सम्झि किन रुन्थेँ म’’ नामक गीत बजारमा लिएर आएका छन् । असफल प्रेमको वियोगान्त कथालाई समेटेर तयार पारिएको उक्त गीत ‘टिभि ९९ एचडि’ नामक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीत वानियाँ स्वयमले रचना गरेका हुन भने रचना रिमाल र हेमन्त रसाईली कान्छाले स्वर भरेका छन् ।त्यस्तै गायक रसाईलीसँगै आशा खड्का र विनोद राईलाई भिडियोमा देख्न सकिन्छ ।भिडियो निर्देशन पनि गायक स्वयमले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।