स्कटनेपाल,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।
प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डको भनाइ थियो ।
असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जाने भन्दै प्रचण्डले ओली पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको बताए । हेर्नुहोस पुस ४ गतेका मुख्य समाचारहरु :