साहुको ऋण लागेर विदेशिएका गायकको मार्मिक पिडा बोकेको कथा (भिडियोसहित)

Spread the love

काठमाडौं– ‘क पुरी क’, ‘तारा बाजी लै लै’, ‘मुखैमा राम राम बगलीमा छुरा’, ‘डिजिटल फोटो’ आदि बोलका गीतहरु सुन्नुभएको छ ? छ भने पक्कै यसका गीतका गायक सुनिल कटुवाललाई ‘नोटिस्ड’ गर्नुभएकै होला ।

तर, धेरैले थाहा नहुन सक्छ, यि युवा गायकले संगीतमा क्षेत्रमा प्रवेश गर्नका लागि निकै संघर्ष गरेका छन् । संगीत क्षेत्रमा रहेका विचौलियका कारण धेरै ठगिएको दिनहरु उनी कहिल्यै भुल्दैनन् ।

संगीतमा संघर्ष गर्न गाउँबाट राजधानी छिरेका यि युवा गायक केही वर्षअघि अचानक अष्ट्रेलिया गए, पैसा कमाउन । यसलाई उनी आफ्नो विवशता मान्छन् । ‘धेरै ऋण लाग्यो, बुबाआमा पनि खुशी हुनुभएन, त्यसैले अष्ट्रेलिया जानुप¥यो,’ उनी भावुक हुन्छन् ।

लकडाउनका कारण नेपालमै रोकिएका सुनिलले भर्खरै नयाँ गीत निकालेका छन्, ‘केटो अलि कमाउने होस् ।’ गीत थोरबहुत उनको जीवनसँग पनि मिलेको छ । गीतमा अभिनय गरेकी छिन्, टिकटकमा ९ लाख बढी फलोअर्स भएकी मोडल श्रेया सिटौला ।

सुनिलले हाम्रो कला टिभीसँग आफ्नो संघर्षका पीडादायी दिन सम्झिदा अभिनयमै करिअर बनाउने चाह बोकेकी श्रेयासमेत भावुक देखिन्थन् ।

बाँकी यि दुइको कथा, भिडियोमै हेर्नुस् ।